राजविराज, १२ साउन । प्रदेश २ का मुख्यमन्त्री लालवावु राउतले सप्तरीको वलान नदि नियन्त्रणका लागि प्रदेश सरकारले रकम उपलब्ध गराउने वताएका छन् ।
वलान विहुल गाउँपालिका ४ मा नदिले कटान सुरु गरेपछि गाउँनै त्रासमा रहेको र हजारौ विगहा खेती योग्य जग्गा वगाउने अवस्था रहेको जानकारीपछि उनले यस्तो वताएका हुन् । कोरोना संक्रमणको अवस्थाका विषयमा जानकारी लिन सोमवार राजविराज आएका मुख्यमन्त्री राउतलाई गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतले नदि नियन्त्रणका लागि पहल गर्न आग्रह गरेका थिए ।
‘दुई–चार लाख मात्र होईन, एक करोडसम्मको काम भएपनि हामी आफै गथ्र्यौ’ उनले भने–‘तर हाम्रो क्षमताले भ्याउने अवस्था छैन। नदि नियन्त्रण गर्न सहयोग गर्नु पर्यो ।’ अध्यक्ष गोईतको कुरा सुनेपछि मुख्यमन्त्री राउतले बलान नदी नियन्त्रणकालागि तत्काल बजेट उपलब्ध गराउने घोषणा गरे।
नदी नियन्त्रणका लागि मास्टर प्लान बनाएर पेश गर्न पनि उनले आग्रह गरे । ‘तपाईहरु मास्टर प्लान बनाएर आउनोस’ उनले भने–‘सकेको हामी गर्छौ, नसके संघिय सरकारसँग समन्वय गर्छौ ।’
सम्वन्धित समाचार