• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा वर्षेनी वाढिको त्रास

वलान खोलाको वाढिले तटवन्ध वगाउन थालेपछि वेल्ही गाउँ वग्ने खतरा
सप्तरीमा वर्षेनी वाढिको त्रास

राजविराज, ३ साउन। आगामी सोमबारदेखि ५ दिन देशभर भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार ५ दिन लगातार पर्ने पानीले पहाडि क्षेत्रमा पहिरो तथा तराई क्षेत्रमा कटान र डुवानको सम्भावना धेरै छ।

मनसुन सुरु भएयता चुरे क्षेत्र भएर वग्ने नदिनाल वढेका छन् । सप्तरीमा मात्रै पनि सप्तकोशी, त्रियुगा, खाँडो, महुली, जिता, सिसवारी, खडक, चापिन, मुतनी, अमाहा, सुन्दरी, भलुवाही, चहका र वलान लगायतका खोलामा आउने वाढिको त्रास छ ।

सप्तकोशी, कञ्चनरूप, हनुमाननगर कंकालिनी, राजविराज नगरपालिकाका साथै अग्निसाईर कृष्णासवरण, महेदवा, तिरहुत, रुपनी, तिलाठि कोईलाडि, राजगढ गाउँपालिकाका दर्जनौं गाउँबस्ती वाढिको जोखिममा छन् । त्यस मध्ये पनि यति वेला वलान विहुल गाउँपालिका–४ को सिंङ्गो वस्ति यतिवेला वाढिको खतरामा छन् ।

सिरहा र सप्तरीको सिमाना भएर वग्ने वलान खोलाले सुरु गरेको कटानका कारण वेल्ही गाउँनै वगाउने खतरा वढेको स्थानीयहरु वताउँछन् ।

वलान खोलामा आएको वाढिले गतवर्ष देखि नै वडा नम्वर ४ स्थित नदीको पूर्वी तटबन्धमा कटान सुरु गरेको थियो । असार अन्तिम साता आएको वाढिले सोहि तटबन्धमा करिव १ किलोमिटर कटान गरेपछि उनीहरुको त्रास झनै वढेको छ । ५ दिनसम्म लगातार पानी परे करिव ३ हजार सर्वसाधारण वसोवास गरिरहेको वेल्ही वस्ति खतरामा पर्ने स्थानीय जिवट प्रसाद गुप्ताले वताए ।

वाढिले हरेक वर्ष कटान गर्ने र सर्वसाधारणले दुःख पाउने गरेपनि तटबन्ध मर्मत गर्नेतर्फ कसैले ध्यान नदिएको स्थानीयको गुनासो छ । वाढि आएको समयमा मन्त्री, राजनितिक दलका नेता तथा विभिन्न आयोगका पदाधिकारी समेतले निरिक्षण गरेर आश्वासन दिने गरेपनि काम गर्ने विषयमा हालसम्म पनि कसैले ध्यान नदिएको उनीहरु वताउँछन् । ‘यो समस्या आज उत्पन्न भएको होईन, वर्सेनी आईरहने समस्या हो’ स्थानीय रामचन्द्र भण्डारी भन्छन्–‘तर वाढि आएको वेला समस्या देख्ने अरु वेला केहि नभए झै गरेर वस्ने सम्वन्धित निकायका कारण हामीले दुःख पाईरहेका छौं।’

गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतले पनि स्थानीयको गुनासोमा सहमति जनाउँदै प्रयास गर्दा पनि तटवन्ध निर्माणमा काम गर्न नसकिएको वताए । ‘तटबन्ध निर्माणका लागि हामीले प्रदेश र संघीय सरकार समेतलाई भन्यौं’ उनले भने–‘तर, पटक–पटक पत्राचार गर्दा पनि सुनुवाई नभएपछि हेरेर वस्नु वाहेक विकल्प रहेन।’