न्यूज टुडे
राजविराज,०५ असार ।
उच्च अदालत विराटनगरले कोशी प्रदेश सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश विष्णुप्रसाद अर्यालको इजलाशले शुक्रबार कोशी प्रदेश बालबालिका ऎन,२०७७ मा भएको व्यवस्थाको कार्यान्वयन नगर्नुको कारण देखाउ आदेश जारी गरेको हो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालयको तर्फबाट प्रदेश संयोजक मनोहरकुमार पोखरेलद्वारा दायर उत्प्रेषण परमादेश रिटमा सुनुवाइ गर्दै यस्तो आदेश गरेको इन्सेकले जनाएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय कोशी प्रदेश सरकार विराटनगर, सामाजिक विकास मन्त्रालय कोशी प्रदेश विराटनगर र कोशी प्रदेश बाल अधिकार समितिलाई कारण देखाउ आदेश जारी भएको इन्सेक कोशी प्रदेश संयोजक पोखरेलले जानकारी दिए ।