न्यूज टुडे
राजविराज,०३ असार ।
राजविराज ५ स्थित रहेको पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा बुधबार हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको छ । ‘शिक्षित राजविराज विकसित राजविराज महाअभियान’ का अभियन्ता डा. सूर्यप्रसाद यादवको विशेष पहलमा विद्यालयद्वारा हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको हो ।
पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन मिश्राको अध्यक्षता तथा इन्टेलेक्चुअल फाउण्डेशन नेपालको अध्यक्ष समेत रहेका शैक्षिक अभियानता डा. यादवको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो ।
प्रतियोगितामा उत्कृष्ट स्थान हाँसिल गर्ने तथा सहभागी छात्रछात्रालाई प्रमुख अतिथि यादवले पुरस्कार वितरण गरे ।
कार्यक्रम संचालन इन्टेलेक्चुअल फाउण्डेशनका मनार्थ सदस्य लक्ष्मण मेहता र शिक्षिका गीता कुमारी यादव गरेका थिए ।