• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अपहरण गरि मारेको कसुरका २ जना प्रतिवादी ११ बर्षपछि पक्राउ

अपहरण गरि मारेको कसुरका २ जना प्रतिवादी ११ बर्षपछि पक्राउ
न्यूज टुडे
राजविराज,०२ असार ।
सप्तरीको सुरुङ्गा नगरपालिका ९ का ऎनुल मियालाई अपहरण पछि कर्तव्य गरि हत्या गरेर फरार भएका २ जना प्रतिवादी ११ बर्षपछि  पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै मियाको हत्यामा संलग्न २ जनालाई पक्राउ गरेको जनाएको हो ।
घटना संलग्न रहेका सप्तरी सुरुङ्गा नगरपालिका ९ का बर्ष ६९ को दाउद मिया र सिरहा लहान नगरपालिका १९ का बर्ष ६० को नसिर भन्ने बसिर मिया पक्राउ परेको प्रहरीले जनाएको छ । 
२०७२ भदौ २९ गते सुरुङ्गा नगरपालिका ९ का मियालाई आफ्नै घरमा बसीरहेको अवस्थामा अपहरण गरि बन्धक बनाई बलान खोलादेखि पूर्व रहेको पैनीबाटोमा लगि डुवाई कर्तव्य गरि मारेर उनीहरु फरार रहेको प्रहरीले विज्ञप्तिमा उल्लेख छ ।
घटना संलग्न पछि फरार रहेका उनीहरुलाई खोजतलासको क्रममा दाउदलाई सुरुङ्गा नगरपालिका ९ तथा बसिरलाई बलानविहुल गाउँपालिका १ मा फेला पारी नियन्त्रणमा लिएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी हेमराज घिमिरेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । 
पक्राउ परेका दुबैजना विरुद्ध अपहरण पछि कर्तव्य गरि मारेको कसुर मुद्दामा सप्तरी जिल्ला अदालतबाट  म्याद लिई कारबाही प्रक्रिया अगाडि बढाइएको डिएसपी घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।