न्यूज टुडे
राजविराज, ०१ असार ।
राजविराजमा बिटौरी जग्गाको लालपूर्जा सम्बन्धमा देखिएको समस्या समाधानका लागि संघीय सरकारले पाँच सदस्य समिति गठन गरेको छ । भूमि व्यवस्था सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार पाँच सदस्यीय समिति गठन गरेको हो ।
मन्त्रालयका उप सचिव नरेन्द्र पौडेलेको संयोजकत्वमा गठित समितिमा भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक खिमानन्द आचार्य, नापी विभागका प्रमुख नापी अधिकृत दिनेश काफ्लेलाई सदस्य सहित पाँच सदस्यीय समिति गठन गरिएको छ ।
समितिले १५ दिनभित्र समस्याको पहिचान र दीर्घकालिन समाधानका साथै कार्ययोजना सहितको प्रतिवेदन पेश गर्ने मन्त्रालयका सह सचिव गणेश प्रसाद भट्टद्वारा जारी गरेको प्रेस विज्ञप्ति उल्लेख छ ।