• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

प्रधानाध्यापक यादव राष्ट्रिय समिति सदस्यमा मनोनीत

प्रधानाध्यापक यादव राष्ट्रिय समिति सदस्यमा मनोनीत
न्यूज टुडे
राजविराज, ०३ असार । 
सप्तरीको राजविराज २ स्थित रहेको राजदेवी माद्यामिक विद्यालयका प्रधानाध्यापक दिनेश प्रसाद यादव नेपाल शिक्षक महासंघको राष्ट्रिय समिति सदस्यमा मनोनीत भएका छन् । नेपाल शिक्षक संघको तर्फबाट महासंघको राष्ट्रिय समिति सदस्यमा प्रधानाध्यापक यादव मनोनीत भएका हुन् । 
नेपाल शिक्षक महासंघका महासचिव ज्ञानेन्द्र बहादुर रावलले बुधबार पत्राचार गर्दै उनलाई शिक्षक महासंघको राष्ट्रिय समितिमा मनोनीत गरिएको जानकारी गराएका छन् । 
नेपाल शिक्षक शिक्षक महासंघको बैधानिक प्रबन्ध बमोजिम राष्ट्रिय समिति सदस्यमा मनोनीत भएको भन्दै पत्रमा यादवलाई हार्दिक बधाई समेत दिइएको छ ।