• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

विचार

जेवार- माइन्जन सप्तकोसी नगर अधिबेशन सम्पन्न : नगर माइन्जनमा मरर

जेवार- माइन्जन सप्तकोसी नगर अधिबेशन सम्पन्न : नगर माइन्जनमा मरर
शिव प्रसाद आचार्य
फत्तेपुर,०६ असार । 
सप्तकोसी नगरपालिका स्थित ओद्राहमा  शनिबार जेवार- माइन्जन प्रणालीको प्रथम  सप्तकोसी नगर अधिबेशन सम्पन्न भएको छ । थारु समुदायबाट लोप हुँदै गएको परम्परागत जेवार , माइन्जन परम्पराको संरक्षण, उत्थान र निरन्तरता दिन नीति र नेतृत्व चयन गर्दै नगर अधिबेशन सम्पन्न भएको हो । 
पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि नगरप्रमुख ढकाल । फोटो : न्यूज टुडे
स्थानीय भगवती मररको अध्यक्षता तथा सप्तकोसी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद ढकालको प्रमुख आतिथ्यमा मावि ओद्राहको खेलमैदानमा सम्पन प्रथम अधिबेशनबाट भगवती मररको नगर माइन्जनjको नेतृत्व मा ९ सदस्यीय नगर कार्यसमिति चयन गरेको छ ।
गठित समितिको  नगर सह माइन्जन उमाकान्त चौधरी ,द्रौपती चौधरी र   लेखनदासमा ,सरिता चौधरी चयन भएका छन् । 
गठित समितिको सदस्यहरुमा पप्पु चौधरी ,केशर प्रसाद चौधरी ,कमलनारायण चौधरी , सुशिला चौधरी र अनिता चौधरी चयन भएको नगर लेखनदास  चौधरीले बताइन।
नवगठित समितिका पदाधिकारी तथा सदस्यहरु । फोटो : न्यूज टुडे
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख ढकाल, बिशिष्ठ अतिथी नगर उप प्रमुख रिता चौधरी ,निबर्तमान नगर प्रमुख उत्तम गौतम,लोक सम्चार तथा चलचित्र बोर्ड मधेस प्रदेश अध्यक्ष किशोर कुमार लेखी ,थारु भाषा संस्कृति संघ नेपालका केन्द्रीय अध्यक्ष गयानन्द चौधरी ,वडा अध्यक्षहरु रोहिणी पोखरेल,देबकान्त गोजेवार, सस्थाका नगर कार्यदल सदस्य रबिन्द्र चौधरि ,चन्द्रशेखर चौधरी लगायतले शुभकामना मन्त्ब्य ब्यक्त गरे । 
‘मौलिक सभ्यताको शान,जेवार माइन्जन हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ सम्पन्न कार्यक्रममा नगरका विभिन्न वडाबाट निस्केको र्याली तथा झाकीसहित नगर परिक्रमा गरिएको थियो । 
सप्तकोसी नगरपालिकाद्वारा आयोजित  अधिबेशन उद्घाटन समारोहको कार्यक्रम संचालन युवा नेता सरिता चौधरीले गरेकी थिइन् भने थारु कल्याणकारी  सभा  सप्तकोसी नगर कार्य समिती उपसभापति कृष्ण देब चौधरीले स्वागत मन्त्ब्य ब्यक्त गरे । 
सप्तकोसी नगरपालिकाले थारु समुदायको परम्परागत ज्ञान शीप र सभ्यतालाई जगेर्ना गर्ने नीति लिदै नगरसभाबाट कार्यविधि पास गरी नगर समिति र रणनीति बनाएको जनाइएको छ ।