Top_Header_Right_Add

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक उपकरण र रकम अभाव हुन नदिने मुख्यमन्त्रीको प्रतिवद्धता

तत्काललाई सप्तरीका लागि एक करोड रुपैयाँ थप
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक उपकरण र रकम अभाव हुन नदिने मुख्यमन्त्रीको प्रतिवद्धता

राजविराज, १२ साउन । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश २ सरकारले सप्तरी जिल्लालाई थप एक करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री लालवावु राउतले सोमवार राजविराजमै आएर सहयोगको प्रतिवद्धता जनाएका हुन् ।

कोरोना संक्रमण समुदायमा फैलिएपछि राजविराजमा यतिवेला निशेधाज्ञा जारी गरिएको छ । सामाजिक विकास मन्त्री नवलकिशोर साहसहित राजविराज आएका मुख्यमन्त्री राउतले अस्पताल ब्यवस्थापन, स्वास्थ्य कार्यालयमा आवश्यक सामग्री खरिद तथा संक्रमण रोकथामका लागि गर्नु पर्ने अन्य कामका लागि प्रदेश २ सरकारले १ करोड रुपैयाँ दिने वताए ।

संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक उपकरण र रकम अभाव हुन नदिने उनले प्रतिवद्धता जनाए । प्रदेश २ मा संक्रमित बढदै गएकाले भेन्टिलेटर दरिदका लागि पनि सरकारले पहल गरिरहेको उनको भनाई छ । उनले पीसीआर परीक्षणको दायरा वढाउन राजविराज, जनकपुर र वीरगन्जमा १/१ थान पीसीआर मेसिन खरिद गर्ने वताए ।

यसअघि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश २ सरकारले जिल्ला प्रशासन कार्यालय मार्फत सप्तरीलाई ५० लाख रुपैयाँ उपलब्ध गराएको थियो । उपलब्ध रकम नेपाल प्रहरीलाई ७ लाख, सशस्त्र प्रहरीलाई ७ लाख तथा नेपाली सेना, गजेन्द्रनारायण सिंह अस्पताल, स्वास्थ्य कार्यालय, प्रहरी तालिम केन्द्र, सशस्त्र प्रहरी तालिम केन्द्रका लागि छुट्याईएको थियो । त्यस मध्ये केहि रकम जिल्ला प्रशासन कार्यालयले खर्च गरेको कार्यालयका प्रवक्ता आनन्द ठाकुरले जानकारी दिए ।

यस्तै सामजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालयलाई १० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

यो पनि…

सप्तरीमा कोरोना संक्रमितमा देखिन थाल्यो लक्षण

सप्तरीमा कोरोना कहरः रोकथाम र नियन्त्रणका लागि जनशक्ति र श्रोत/साधनको अभाव

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer