• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अपहरण गरिएको भनिएका बालक भेटियो : लगाइयो परिवारको जिम्मा

अपहरण गरिएको भनिएका बालक भेटियो : लगाइयो परिवारको जिम्मा
न्यूज टुडे
राजविराज,२९ चैत । 
आफ्नै छिमेकीले अपहरण गरि बन्धन बनाएको भनिएको  सप्तरीको तिलाठीकोइलाडी गाउँपालिका ६ का १४ बर्षिय बालक अमन कुमार यादव  शनिबार साँझ भेटिएका छन् । सप्तरीको हनुमान नगर कंकालीनी नगरपालिका ९ स्थित हनुमान नगर बजारमा उनी फेला परेका हुन् । 
 चार महिनादेखि बेपत्ता भएका उनलाई  इलाका प्रहरी कार्यालय हनुमान नगरले फेला पारी   शनिबार राती प्रहरी चौकी को. बर्साइन पठाइएको  थियो । 
 बालकको बुवा जयकृष्ण यादवसहित आफन्तहरुलाई को. बर्साइन प्रहरी चौकीबाट शनिबार राती १० बजे जिम्मा लगाएको प्रहरीले जनाएको छ । 
जयकृष्णले छोरा हराएको भनी २०८२ माघ २२ गते जिल्ला प्रहरी कार्यालयमा खोजतलासका लागि हुलिया निवेदन दिएका थिए । जिल्ला प्रहरी कार्यालय र मातहतबाट खोजी कार्य तीब्र पारिएको र फेला पारी आफन्तको जिम्मा लगाएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बर बहादुर पुरीले जानकारी दिए । 
यता हराएका बालक अमनलाई छिमेकी रामदेव यादव र कारी यादवले अपहरण गरि बन्धक बनाएको तथा फिरौती मागेको भन्दै उनको बुवा जयकृष्णसहितले शुक्रबार पत्रकार सम्मेलन गरि आरोप लगाएका थिए ।
आरोपी रामदेव यादवले रिसीवी साध्न  निरधार लान्छना लगाएर चरीत्र हत्या गरेको भन्दै आपत्ति जनाएका थिए ।