नर्मदेव यादव
रुपनी,०४ असार ।
सप्तरीको रूपनी गाउँपालिकामा बुधबार तातो लहर तथा सित लहर कार्य संचालन कार्यबीधी सम्बन्धि एक दिने गोष्ठी सम्पन्न भएको छ । केयर नेपालको सहयोगमा राष्ट्रिय कृषक समुह महासंघ नेपालद्वारा जलवायु परिबर्तनको असार न्यूनीकरणका लागि पूर्व तयारी गर्ने उदेश्यले गोष्ठी आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै आयोजक संस्थाका प्रतिनिधिहरुले नेपालमा जलवायु पारिवर्तनको कारण किसानहरुमा ठूलो समस्या आउने सम्भावना देखिएकोले यस्तो चुनौतीको पूर्व तयारी गरेर जोखिमसँग जुद्न तथा किसानहरुमा आउने बिपदलाई न्यूनिकरारण गर्नको लागि गाउँपालिकासंग काम गर्न तयार रहेको बताए । तातो लहर र शित लहर न्यूनिकरण गर्न गाउँपालिकाले कार्य संचालन कार्याबिधि बनाएमा काम गर्न तयार रहेको उनीहरुको जोड थियो ।
कार्यक्रमको सहजीकरण गर्दै तातो लहर विज्ञ नबीन दहालले यसपाली नेपालमा कम बर्षा हुने खदेरी हुने सम्भावना रहेको बताए ।मौसममा हुने फेरबदलले धान बाली तथा अन्य बाली उत्पादानमा असर पुग्ने,,पानीको स्रोतहरु सुकने, वन दढेलोले तातो लहर जोखिम बृद्धि हुने खतरा बढेको बताए । उनले नेपालको केहि स्थानमा अत्यधिक बर्षा र पहिरो आउने, अत्यधिक गर्मी हुने खडेरी पर्ने र पानीको आभाव हुने कुनै ठाउँमा अत्यधिक बर्षा र बाढ़ी आउने चक्रवातको स्वरूपमा परिवर्तन हुने बताए ।
।शित लहर बिज्ञ अनिल दहितले वायु मण्डलमा मानव क्रियाक़लापले जलवायु पारिवर्तन तापक्रम घटबढ र हावाको क्षमाता कमजोर बनाउने कारणले बढ़ी सीतलहर हुने गरेको बताए । धान गँहूंको पराल जलाईमा,इटाभट्टा , उद्योग, सवारी, फोहार जलाउने चुलो निर्माण, कमजोर फोहार तथा जलबायु व्यवस्थापन जस्ता मानवीय क्रियाकालाप लगायतको कारणले सीतलाहर बढ़ी हुने उनेले बताए।
मौसम बिज्ञ मनीषा केसीले जलवायु परिबर्तनको जोखिमको बारे जानकारी गराउँदै यसलाई न्यूनीकरण गर्न सबै क्षेत्रले सकारात्मक भुमिका खेल्नुपर्नेमा जोड दिइन् ।
गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवले किसानहरुमा आउन सकने जोखिम न्यूनीकरणमा गाउँपालिका अग्रसर हुने बताए । किसानका लागि सिचाई मीटर तथा महसुल निशुल्क गरिएको, मौसमी धान गँहू आदिको बिउ, माल कुटीकाट्ने मेसिनलगायतका कृषि औजार वितरण गरिएको तथा खानेपानी, समर्सिल बोर्डिंग लगायतका सिंचाइ सहज गराउने काम गरेको चर्चा गर्दै उनले खाडो खोलाको पानीलाई किसानको खेतमा ल्याउन सहयोग गरेको बताए । उनले आव २०८३/०८४ को नीति तथा कार्यक्रममा कार्यविधि बनाएर जलवायुमैत्री खेती प्रणाली कार्यक्रमलाई समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे ।
राष्ट्रिय कृषक समुह महासंघ नेपालका मधेश प्रदेश संयोजक दिलीप कुमार साहले परियोजनाको बारे प्रकाश पारेको कार्यक्रममा स्वागत गाउँपालिका बिपद् प्रमुख मिथिलेश यादवले गरे भने वडा नम्बर ४ का अध्यक्ष छेदी इसरले धन्यवाद व्यक्त गरे ।
रुपनी गाउँपालिका एक नम्बर वडा कार्यालयको सभा हलमा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका आध्यक्षहरु कार्यपालिका सदस्यहारू, विषयगत शाखा प्रमुखहरु, कृषक समूहका प्रतिनिधिहरु लगायतका सहभागीता रहेको थियो ।