• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

लोहजराको भेडिया मठमा रुद्र महायज्ञ हुने, सलाईको प्रयोग नगरी दिपप्रज्जवलन

लोहजराको भेडिया मठमा रुद्र महायज्ञ हुने, सलाईको प्रयोग नगरी दिपप्रज्जवलन
न्यूज टुडे
राजविराज,०३ बैशाख । 
सप्तरीको तिरहुत गाउँपालिका ५ स्थित प्रसिद्ध भेडिया मठमा रुद्र महायज्ञ सप्ताह हुने भएको छ । आयोजकले मठको प्राङ्गणमा विहिबार पत्रकार सम्मेलन आयोजना गर्दै २०८३ बैशाख २४ गतेदेखि जेठ १ गतेसम्म महायज्ञ संचालन हुने जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै गाउँपालिका अध्यक्ष विजय कुमार यादव । फोटो : न्यूज टुडे
महायज्ञमा विश्व ख्याति प्राप्त यज्ञ आचार्यहरुले सप्ताहव्यापी शिव महापुरण दिव्य कथा बाचन गर्ने आयोजक प्रेणा श्रोत एवम् पावन सनिध्य स्वामी दुर्गेशनन्द उदासीनले बताए ।
उक्त अवसरमा भारतको काँशीबाट यज्ञ आचार्य वैदिक उमेश पाण्डे,भारत हिमान्चल प्रदेशका व्यास पिठ महन्थ श्री सुशांत मुनि जी महाराज, स्वयम आफूले दिव्य कथा वचन गर्ने उदासीनले बताए ।  सलाई प्रयोग नगरी मन्तरोचरण गरि दिप प्रज्जवलन गर्ने तथा धुनी बाल्ने रुद्र महायज्ञको अर्को विशेषता रहेको उनले जानकारी दिए । 
तिरहुत गाउँपालिकाका अध्यक्ष विजय कुमार यादवले बाबा बनखण्डी तपोभुमि समाधि स्थल भेडिया मठको प्रचारप्रसार, विकास र मानव कल्याण तथा मोक्ष प्राप्तिका लागि महायज्ञ आयोजना गरिएको बताए । 
नेपाल तथा भारतका गरि हजारौंको संख्यामा सहभागी रहने महायज्ञमाको उद्घाटनको पहिलो दिन २४ बैशाखमा कलशयात्र निकालेर उद्घाटन हुने उनले बताए । उनका अनुसार बैशाख २५ गते पन्चाङ पूजन एवम् मण्डप प्रवेश, बैशाख २६ गते आरसी मन्थन एवम् भठादिन र जेठ १ गते पूर्ण आहुती तथा भण्डारा आयोजना गरिनेछ ।  उक्त अवसरमा मेला,रोटेपिङ, रामलिला जस्ता कार्यक्रम आयोजना गरिने अध्यक्ष यादवले बताए । 
रुद्र महायज्ञ समितिका संयोजक कुलबाबू ( दुर्गानन्द मिश्र))ले यज्ञको कुल खर्च ४० लाख अनुमान गरिएकोमा चन्दा संकलन गरि व्यवस्था मिलाइने बताए । उनले भेडिया मठ देश विदेशमा प्रचारप्रसार गरि विश्व सम्पदा सूचीमा पार्न तथा कार्यक्रम सफल बनाउन सबैपक्षलाई सहयोगका लागि आग्रह गरे । 
कार्यक्रम उद्घाटनका लागि संघीय मन्त्रीसंग कुराकानी भइरहेको  उनले बताए ।