• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

विद्युत प्राधिकरण कंचनपुरका प्रमुख दास घुससहित पक्राउ

विद्युत प्राधिकरण कंचनपुरका प्रमुख दास घुससहित पक्राउ
न्यूज टुडे
राजविराज,२३ चैत ।
नेपाल विद्युत प्राधिकरण कंचनपुर वितरण केन्द्रका प्रमुख महेन्द्र कुमार दास घुससहित रंगेहात पक्राउ परेका छन् । हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित एक होटेलबाट सोमबार ।साँझ उनी पक्राउ परेका हुन् । 
प्रमुख दासलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले  नियन्त्रणमा लिएको जनाएको छ ।
 काम गरिदिए वापत सेवाग्राहीसँग रु १ लाख ४० हजार घूस लिइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको अख्तियरका एक कर्मचारीले बताए । पक्राउ परेका दासमाथि थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।