• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

पेट्रोलियम पदार्थको मूल्यमा भएको बृद्धि संगै अहिले सार्वजनिक यातातातका साधनको भाडा दर पनि बढाईएको छ । भाडामा बृद्धि गरिए पनि यात्रुलाई सुबिधा बृद्धि चाहिँ गरिएको छैन ।
लामो दूरीको अनुपातमा छोटो दूरीका सवारी साधनमा कोचमकोच गरेर यात्रु चढाइँदै छ । ट्राफिक प्रहरीले अन्य चेकजाँच गरे पनि ती यातायातका साधनमा कति यात्रु कोचेर राखिएका छन् भन्ने कुराको वास्ता नराख्दा यात्रुलाई निकै सास्ती र सकस ब्यहोर्नु परिरहेको छ । यसरी कोचमकोच गरी यात्रु चढाइँदा पाकेटमारहरुलाई मौका मिल्ने गरेको र पाकेटमारीका कैयौं घटना भईसक्दा पनि यात्रुहरुको सुरक्षा तर्फ चासो लिएको देखिँदैन । सवारी साधनमा सिसि क्यामेरा जडान गर्ने तथा सिट क्षमता अनुसार मात्र यात्रु बोक्ने परिपाटी कायम नगरिँदा असुरक्षित रुपमा यात्रा गर्नु परिरहेको छ । यसै गरी लामो दूरीका सवारी साधनमा कतिपयले सिट क्षमता भन्दा बढी यात्रु राख्ने गरेको भए पनि ठाउँ ठाउँमा गरिने चेक जाँचका कारण लोकल रुटको तुलनामा यस्तो प्रबृत्ति लामो दूरीमा चाहिँ कमै रहने गरेको छ । तर लामो दूरीका सवारी साधनले यात्रु सिट क्षमता अनुसार नै राखे पनि मालसामान भने अटाएजति नै बोक्ने गरेका कारण यो पनि यात्रा क्रममा जोखिम नै रहेको अवस्था छ । यसका साथसाथै सवारी साधनको नियमित सरसफाई नगर्ने गरेका कारण फोहर तथा दुर्गन्ध सहेर यात्रा गर्नु पर्ने समस्या पनि कम छैन ।
सवारी साधनले मुनाफा कमाउनेतिर मात्र सोच्ने भन्दा पनि यात्रुमाथि परेको समस्या तर्फ पनि ध्यान दिनु पर्ने आवश्यकता छ ।