• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

धर्मिहल्फाद्वारा अग्नीपीडित सदा परिवारलाई सहयोग

धर्मिहल्फाद्वारा अग्नीपीडित सदा परिवारलाई सहयोग
न्यूज टुडे
राजविराज,०४ बैशाख । 
घर्मी हल्फा महिला विकास क्लव लालापट्टी सप्तरीद्वारा आगलागीबाट सर्वस्व गुमाई विच्चलीमा परेका एक अग्नीपीडित परिवारलाई राहत वितरण गरेको छ । सप्तरीको महदेवा गाउँपालिका-४ परसाही सदा टोलका अग्निपीडित बैद्यनाथ सदाको परिवारलाई धर्मिहल्फाद्वारा राहत वितरण गरेको हो । 
संस्थाको तर्फबाट संस्थाका अध्यक्ष समाजसेवी इन्जिनियर.सूर्य नारायण यादवले  सदाकी श्रीमती संगीता सदालाई राहत स्वरूप त्रिपाल, खाद्यान्न,थाल, गिलास, कराहीं,डेकची,पन्यु, बाल्टिन,मग, म्याट्रेस लगायतका सामाग्री प्रदान गरे । 
उक्त अवसरमा प्रहरी चौकी बथनाहाका प्रमुख प्रहरी सहायक निरीक्षक राम अयोध्या साह, समाजसेवी नवीन कुमार यादव, शान्ति यादव,धर्मी सदा लगायत स्थानीय भद्रभलाद्मीहरुको उपस्थिति थियो । 
२०८२चैत २६ गते  सदाको घरमा आगलागी हुँदा घर र घरभित्र रहेका सम्पूर्ण सामान जलेर खरानी हुनुका साथै १ थान भैंसी जलेर मर्दा २ लाख बढीको क्षति भएको पीडित परिवारले बताए ।