• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा १७ पालिकाको सभा सम्पन्न, एकको अझै अन्योल

सप्तरीमा १७ पालिकाको सभा सम्पन्न, एकको अझै अन्योल
न्यूज टुडे
राजविराज, ११ असार ।
सप्तरीका १८ मध्ये १७  पालिकाको सभा सम्पन्न भएको छ । खडक नगरपालिकाबाहेक सबै स्थानीय तहको सभा सम्पन्न भएको हो । 
असार १० भित्र सभा गर्नुपर्ने भएपनि  एक पालिका बाहेक सबै पालिकाले निर्धारित समयभित्रै  आब २०८३/०८४ को बजेट सार्वजनिक गरेको छ । 
रुपनी गाउँपालिक्काले असार ५ मा  ६७ करोड ९३ लाख ९३ हजार, सुरुङ्गा नगरपालिकाले असार ६ मा ८९ करोड १० लाख ८० हजार, विष्णुपुर गाउँपालिकाले असार ७ मा कुल ३९ करोड ५९ लाख ३३ हजारको बजेट ल्याएको छ 
यसैगरी असार ८ मा । बोदे बरसाईनले ८६ करोड २७ लाख ७० हजार, । राजगढले ३८ करोड ४८ लाख ३३ हजार बराबरको बजेट ल्याएको छ ।
असार ९ मा डाक्नेश्वरी नगरपालिकाले ८१ करोड ७० लाख ७५ हजार, असार १० मा राजविराजले १ अर्ब १५ करोड ४२ लाख ५९ हजार, शम्भुनाथले ९२ करोड ४० लाख ८२ हजार, कञ्चनरुपले ६९ करोड २४ लाख ३९ हजार ७ सय र सप्तकोशीले ४६ करोड १० लाख ६२ हजार ६ सय ८२ , हनुमानगर कंकालिनी नगरपालिकाले ६४ करोड ८ लाख ५०/ हजार,रुपैयाँ बराबरको बजेट ल्याएका छन्। 
यसैगरी अग्नीसाइर कृष्णासवरन गाउँपालिकाले ४७ करोड ३७ लाख ४६ हजार, बलान विहुल गाउँपालिकाले ५२ करोड, छिन्नमस्ता।गाउँपालिकाले ५४ करोड ९४ लाख ३३ हजार, तिरहुत गाउँपालिकाले ३८ करोड ७८ लाख ४४ हजार,तिलाठी कोइलाडी गाउँपालिकाले ४२ करोड ३० लाख ५० हजारको बजेट नीति तथा कार्यक्रम ल्याएका छन् ।
ख्डक नगरपालिकाले आन्तरिक तयारी नपुग्दा बजेट नीति तथा कार्यक्रम ल्याउन नसकेको जनाइएको छ ।तोकिएको समयमा बजेट ल्याउन नसकेको खडक नगरपालिकाको नगरसभा अझै अन्योलमा रहेको स्वयम जनप्रतिनिधिहरु बताउछन् । 
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा ७१ बमोजिम आर्थिक वर्षको अनुमानित बजेट असार १० भित्र नगर/गाउँ सभामा पेस गर्नुपर्ने उल्लेख छ ।  पेस गरिएको बजेट असारभित्र सभाबाट पारित गर्नुपर्ने  प्रावधान छ ।  त्यसैलाई टेकेर यहाँका १८ मध्ये १७ वटा स्थानीय तहले समयभित्रै बजेट ल्याएका छन् ।