• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अग्नीसाइर कृष्णासवरनको बजेट ४७ करोड ३७ लाख

अग्नीसाइर कृष्णासवरनको बजेट ४७ करोड ३७ लाख
न्यूज टुडे
राजविराज,१० असार । 
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाले आव २०८३ /०८४ का लागि ४७ करोड बढीको  बजेट नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाद्वारा आफ्नै सभाहलमा बुधबार आयोजित १८ गाउँसभा तथा अधिबेशनमा उक्त बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।
गाउँसभालाई सम्बोधन गर्दै अध्यक्ष चौधरी । फोटो : न्यूज टुडे
गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीको अध्यक्षतामा आयोजित गाउँसभामा उपाध्यक्ष कल्पना कुमारी चौधरीले आव २०८३/०८४ लागि   चालू खर्च ३२ करोड ८४ लाख ४६” हजार र पँजीगत खर्च १४ करोड ४३ लाख गरि कुल  ४७ करोड ३७ लाख ४६ हजारको बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरिन । 
जसमा संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान,१० करोड ५३ लाख,सशर्त अनुदान १८ करोड ८७ लाख,विशेष अनुदान ३ करोड ३० लाख, सम्पुरक अनुदान ५० लाख र राजस्व बाँडफाँड १० करोड ६ लाख ९१ हजार रहेको छ । मधेस प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान,७० लाख ५५ हजार,विशेष अनुदान २० लाख,राजस्व बाँडफाँड ७० लाख र आन्तरिक राजस्व अनुदान १; करोड उल्लेख छ । 
बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष चौधरी । फोटो : न्यूज टुडे
बजेट तथा नीति तथा कार्यक्रममा शिक्षा, कृषि, पर्यटन, खानेपानी र सामाजिक विकासलाई प्राथमिकता दिइएको छ । गाउँपालिकाको मुख्यबजारलाई स्मार्ट सिटीको रुपामा विकास  गर्दै व्यवसाय तथा रोजगारीसंग जोडेर  आन्तरिक आम्दानीको केन्द्रको रुपमा विकास गर्ने बजेट नीति तथा कार्यक्रममा जोड दिइएको छ ।
गाउँपालिकामा रहेको ऎतिहाँसीक  धार्मिक क्षेत्रहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने , ९० बर्ष नाघेको ज्येष्ठ नागरिक तथा असह्यहरुलाई घरमै  सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था गर्ने तथा गाउँपालिकालाई आगामी आव २०८३/८४ भित्र साक्षर गाउँपालिका घोषणा गर्ने नीति लिइएको छ । 
उपाध्यक्ष चौधरीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै बक्ताहरुले बजेट नीति तथा कार्यक्रम सान्दर्भिक भएपनि कार्यान्वयनमा चुनौती रहेको बताए । बजेट तर्जुमा नगरी हतारमा ल्याइएको नीति तथा कार्यक्रम कार्यान्वयनमा समस्या आउने बताउँदै उनीहरुले स्थानीय समस्यालाई सम्बोधन गर्ने तथा उत्पादनमुखी क्षेत्रमा बजेट निर्धारणसहितको योजनाको खाका ल्याउन सुझाव दिए ।
आफ्नो सामर्थ्यले भ्याएसम्मको  बजेट ल्याएर  निर्धारित समयमै गाउँसभा गर्न सफल भएकोमा प्रशंसा गर्दै बक्ताहरुले बजेट, नीति तथा कार्यक्रममा सुझाव राख्ने अवसर दिएकोको खुशी व्यक्त गरे । लोकतान्त्रिक अभ्यासलाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्नेमा जोड दिदै उनीहरुले यसले संघीय लोकतान्त्रिक गणतन्त्रको सवलीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 
सभापतित्वको आशनबाट बोल्दै अध्यक्ष चौधरीले सुझाव र गुनासाहरु प्राप्त भएपनि अन्तिम समयमा जवाफ सुन्ने व्यक्तिहरु सभा छोडेर गएको भन्दै असन्तुष्टि व्यक्त गरे । प्राप्त सुझाव सल्लाहलाई सकारात्मक रुपमा लिदै अध्यक्ष चौधरीले प्राप्त सुझाव सल्लाह गाउँपालिकाको आधिकारिक फेसबुक पेजबाट सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । 
कार्यक्रममा पूर्व विधायक सरस्वती चौधरी, गाउँपालिकाकी पूर्व अध्यक्ष मिना चौधरी,  अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका प्रबक्ता एवम् वडा नम्बर ४ का वडाद्ग्यक्ष तेज नारायण यादव, नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य बृजमान तामाङ, भूमी समस्या समाधान आयोग सप्तरीका पूर्व विज्ञ सदस्य पञ्च देव चौधरी, वडा नम्बर ३ का पूर्व वडाध्यक्ष अरुण कुमार चौधरी, साविक हरिहरपुर गाविसका अध्यक्ष बद्रीनारायण चौधरी, नेकपा एमाले सप्तरीका सदस्य वीर बहादुर मगरले शुभकामना मन्तव्य व्यक्त गरे । 
यसैगरी प्रवि इटहर्वाका प्रधानाध्यापक सुभाष कुमार चौधरी, हरिहरपुर स्वास्थ्य चौकीका इन्चार्ज तेज नारायण शर्मा, टिकालक्ष्मी चौधरी, शैलेन्द्री देवी लेखी, इन्जिनियर हरि चौधरी, पूर्व नापी अधिकृत धर्मनारायण ठाकुर, पूर्व प्रधानाध्यापक रमानन्द लेखी,  नैनादेवी मण्डर,महेश कुमार चौधरी, गाउँसभा सदस्य गया चौधरी, ललित प्रसाद चौधरी,वैधनाथ साह, बच्चालाल खंग,इद्रीस मिया,दिनेश कुमार साह,हरी चौधरी,श्याम कुमार चौधरी,डम्बर सरदर,गुगली रजक,गुगली रजक, दिनेश साह लगायतले सुझावसहितको मन्तव्य व्यक्त गरे । 
शिक्षा शाखा प्रमुख शिक्षा अधिकृत फिरोज कटवालद्वारा संचालित कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादवले गरे । 
‘शिक्षा, स्वास्थ्य ,कृषी, पर्यटन र पूर्वाधार,गाउँपालिकाको समृद्धिको आधार’ भन्ने मुल नाराकोसाथ आयोजित गाउँसभा तथा अधिबेशनमा विभिन्न वडाका अध्यक्षहरु, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, स्थानीय राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, गाउँपालिका अन्तर्गतका विभिन्न शाखाका प्रमुख तथा कर्मचारी, शिक्षक, पत्रकार, स्थानीय बुद्धिजीवी समाजसेवीहरुको उपस्थिति थियो ।