• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जिल्लामा अतिक्रमण गरिएका सरकारी जग्गा फिर्ता ल्याउने प्रतिबद्धता जनाएका छन् । सरुवा भएर सप्तरीको जिम्मेवारीमा आएका थापाले मंगलबार स्थानीय सञ्चारकर्मीहरुसितको परिचयात्मक कार्यक्रममा बोल्दै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
सार्वजनिक जग्गा अतिक्रमण उसै पनि अवैध कार्य हो । तर अतिक्रमण भईरहेको समयमा तत्कालै त्यसलाई रोक्ने तर्फ चासो नलिईएका कारणले यो अहिले ठूलो समस्या नै बनेको छ । सार्वजनिक जग्गा अतिक्रमण रोक्नु पर्ने सबैको चासोको विषय हो । यसमा सम्बन्धित पालिकाले चासो राख्दै अतिक्रमणकारीलाई रोक्नेतर्फ पहलकदमीको आवश्यकता रहन्छ । व्यक्तिगत स्वार्थ पूर्ति वा लाभका लागि सार्वजनिक सम्पत्तिको दुरुपयोग स्वीकार हुन सक्दैन । प्रभाव र पहुँचका बलमा सार्वजनिक जग्गा अतिक्रमणको प्रवृत्ति बढ्दै गएका कारणले यो क्रमशः गम्भीर बन्ने क्रममा रहेको छ । प्रमुख जिल्ला अधिकारीले अतिक्रमणमा परेको सार्वजनिक जग्गा फिर्ता ल्याउनका लागि गरेको प्रतिबद्धता स्वागतयोग्य त छ । तर कार्यान्वयनको अवस्था चाही कस्तो होला भन्ने कुरा त आगामी समयले नै निर्धारण गर्नेछ ।
यो कार्य जिल्लाका प्रमुख प्रशासनका रुपमा रहेका प्रमुख जिल्ला अधिकारीले जसरी प्रतिबद्धता जनाएका छन्, उनलाई स्थानीय सरकारले समेत भूमिकामा रहेको स्थानयि तह लगायत सबै पक्षले सघाउन सकेमा विकृति पक्कै पनि न्यूनीकरण हुने कुरामा आशंका नरहला ।