• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सोमबार राजविराजका सबै जसो पेट्रोल पम्पमा जाँदा उपभोक्ताले पेट्रोल किन्न पाएनन् । सवारी साधनमा इन्धन स्वरुप पेट्रोल भराउन गएका ग्राहक सबैजसो पेट्रोल पम्प बन्दै देखेपछि निराश भएर फर्कनु प¥यो । खुला रहेकाहरुले पनि गेटमै ‘पेट्रोल छैन’ भन्ने व्यहोराको बोर्ड लगाएको पेट्रोल किन्न जानेहरुले बताए ।
पेट्रोलियम पदार्थको आपूर्ति नियमित रहँदा पनि राजविराजमा बारम्बार पेट्रोलको अभाव रहने गरेको छ । एकातिर पेट्रोल पम्पले पेट्रोल नदिनु र अर्कोतर्फ बोटलमा बेच्नेहरुको पसलमा भनेजति बेला पनि किन्न पाउनुको पछाडि कतै कालोबजारीको नियत त होईन? भन्ने आशंका उब्जने गरेको छ । आपूर्ति नियमित रहेको छ भने पेट्रोल किन सबै पेट्रोल पम्पमा एकै पटक सकिन्छ अनि राजविराजका पेट्रोल पम्पमा मात्रै किन पटक–पटक यस्तो भईरहन्छ? उपभोक्ताको यो प्रश्न हो । बोतलमा प्याक गरेर पेट्रोल बेच्नु अवैध भएपनि त्यसको नियन्त्रण र पम्पमा नियमित पेट्रोलको उपलब्धता रहेपनि त्यो हुन नसकिरहेको अवस्था छ ।
बढी मूल्य लिएर बेच्ने, मिसाबट गर्ने जस्ता कार्य बोलमा बेच्नेहरुबाट हुने गरेको गुनासो बारम्बार हुँदै आएको छ । तर पनि यो क्रम रोकिएको छैन । पान पसल, पेडा पसल, किराना पसल सम्मले बोतलमा पेट्रोल बेच्ने तर पेट्रोल पम्पमा किन्न गयो भने चाहीँ नपाउने यस्तो अवस्थामा सुधारको आवश्यकता छ । पेट्रोल पम्पले ग्राहकमाथि पर्न जाने असुविधा प्रति पनि ध्यान दिनु वाञ्छनीय हुनेछ ।