सप्तरीको हनुमाननगर कंकलिनी नगरपालिका १ कोशी बाँध नजिक खेतमा शनिबार एक किसानको करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय रवि लौगीको छोरा अन्दाजी वर्ष ५५ को सहदेव लौगीको करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लगेर मृत्यु भएका लौगी । फोटो : न्यूज टुडे
कोशी बाँधबाट १.५ कि.मि.पुर्वमा रहेको स्थानीय तिरपित नारायण झाको खेतमा विहान ०६:३० बजेको समयमा पानि तान्ने मोटर लगाउने क्रममा अचानक मोटरबाट करेन्ट लागी लौगीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक लौगीको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।