• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तकोसीको १७ औं नगरसभा सम्पन्न : ४६ करोड बजेट प्रस्तुत

सप्तकोसीको १७ औं नगरसभा सम्पन्न : ४६ करोड बजेट प्रस्तुत
शिव प्रसाद आचार्य
फत्तेपुर,१० असार । 
सप्तकोसी नगरपालिका को १७ औ नगरसभा तथा बुधबार सम्पन्न भएको छ । आर्थिक बर्ष २०८३/८४ को बजेट नीति तथा कार्यक्रम पारित गर्दै नगरसभा  सम्पन्न भएको हो । 
आर्थिक बर्ष  २०८३/८४ को कुल बजेट ४६ करोड १० लाखको घेरा मा रहि नगरले बजेट बिनियोजन गरेको छ । 
सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकालले आउदो आबमा सबै बालबालिकालाई आधार भुत शिक्षा सुनिश्चितताका लागि नगरले कार्वान्यनमा लाने बताए। नगर खेलकुद मार्फत युवाहरुलाइ खेलकुदमा आकर्षण गराउने तथा खेलकुद मैदानको स्तर उन्नती गरि ब्यब्स्थित गरिने नगर प्रमुख ढकालले बाताए। 
गर्भबती महिलाका लागि  सुरक्षित प्रसुतीका लागि अस्पताल सम्म पुर्याउन निशुल्क एम्बुलेन्सको ब्यबस्था गरिएको नगर प्रमुख ढकालले बताए। वडा नम्बर ५ को १५ शैयाको अस्पताललाई यसै आबमा सन्चालनमा ल्याइ स्वास्थय सेवाको थालनी गरिने बताए। 
नगरसभामा  बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख ढकालले दलित,आदिबासी , जनजाती ,मधेसी,थारु ,मुस्लिम तथा अल्पसंख्यक जातजातीको उत्थानमा सशक्तीकरणका कार्यक्रमहरु सन्चालनमा ल्याइने बताइन् । नगरको गौरबको बिषय रहेको  सप्तकोसी सहरी खानेपानी आयोजनालाई समयमै सम्पन्न गरि लाभान्वित घर धुरी सम्म पुर्याइने बताए। महिलाहरुलाइ ब्याबसायिक सिपमुलक तालिम तथा व्यवसाय  दर्ता प्रकिया निशुल्क गरिने बताए। 
नगर भित्र रहेका कृषि तथा पशुपालक किसानको दैनिकी उकास्न प्रणालिमा सुधार तथा व्यवसायीकरण मा जोड दिने नगर प्रमुख ढकालले बताए। नगर भित्र रहेका पर्यटकीय क्षेत्रलाई सरक्षण तथा सम्वर्द्वन गरिने कुरामा मेयर ढकालले जोड दिए । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाइ लघु उधममा प्रोत्साहन उनीहरुबाट उत्पादित सामान कोसेली घर मार्फत बिक्री बितरणमा लगिने बताए।
आर्थिक बर्ष भित्र त्रीयुगा नदि हेडबाँधमा मोक्ष धामको कार्य सन्चालन गरिने तथा स्थानिय पर्यटकिय क्षेत्रहरुको रुपमा बिस्तारमा जोड दिने नगर प्रमुख ढकालले बताए।
 बैकल्पिक उर्जा प्रबर्द्धनको साझेदारीमा बिधुतीय चुलो,बायोग्यास,सुधारिएको चुलो जडान तथा बितरणकार्यलाई प्रभाबकारी बनाइने उनले बताए। यसै आर्थिक बर्षमा भुमीहिन,दलित,सुकुम्बासीलाई यथसिघ्र धनी पुर्जा बितरण गरिने नगर प्रमुख ढकालले बताए। 
 कार्यक्रमका प्रमुख अतिथी मधेस प्रदेसका निबर्तमान गृह,कानुन् तथा सन्चार मन्त्री राजकुमार लेखिले सप्तकोसी नगरपालिका सप्तरी जिल्ल्लाकै नमुना नगरपालिका बनाउन सकिने भन्दै बिकासीय बजेटलाई प्रदेश सरकाले ढिलो कार्यान्वयनमा ल्याउँदा बिकासमा  समस्या भैरहेको बताए। ३५ बर्ष मा केही नभएको भनी नया भनौदा दलले हल्ला पिटिरहनु भन्दा बिगद र अहिले बिकासमा तुलना गर्न आग्रह गरे । 
कार्यक्रममा निबर्तमान नगरप्रमुख उत्तम गौतम,नेकपा एमालेका नगर अध्यक्ष प्रेम दाहाल , नेपाली काङ्ग्रेसका नगर अध्यक्ष युबराज खनाल,रा प्र पा ना नगर अध्यक्ष तुलाराम लुइँटेल ,जसपाका नगर अध्यक्ष रामकुमार यादब,रास्वपाका नगर सचिब बिनोद मेहता र कैलास माझीले आफ्ना सुझाप राखेका थिए। 
कार्यक्रम सन्चालन नगर सभा  सदस्य नबराज अधिकारि र माहिला तथा बालबिका शाख प्रमुख बिष्णु माया नेपालले गरेका थिए।