• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराजबासीको आन्दोलन ४० औं दिन  पनि जारी 

राजविराजबासीको आन्दोलन ४० औं दिन  पनि जारी 
न्यूज टुडे
राजविराज, ११ असार ।
लालपुर्जा माग गर्दै नगरपालिकाको कार्यलयमा तालाबन्दी गरी रिले अनशनसहित संघर्षरत  राजविराज नगरबासीको आन्दोलन ४० औं दिनपनि जारी राखेको छ ।  शान्तिपूर्ण संघर्षका कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेपछि विभिन्न स्वरुपको आन्दोलन थालेका राजविराजबासीले बिहीवार ४० औं दिन समेत विरोध प्रदर्शनलाई  निरन्तरता दिएको हो  ।  
नगरपालिकामा लगाइएको ताल्चा फुटाएरर  रिले अनशनमा बसेका नगरबासीमाथि  प्रहरीले अन्धाधुन्ध लाठीचार्ज गरि हटाएपछि आक्रोशित नगरबासीले ‘एउटै नारा एउटै आवाज, हाम्रो प्यारो राजविराज’  भन्ने नारा उल्लेख तस्वीर अंकित ब्यानर लिएर विरोध प्रदर्शन गरेका छन् ।  प्रहरी दमन विरुद्ध अर्धनग्न विरोध प्रदर्शन गरेका नगरबासीले  ४०औं दिन  बिहीबार  कडा रुपमा विरोध प्रदर्शन गरेका छन् । 
शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै आन्दोलनरत नगरपालिकाबासीहरुले ‘ आश्वासन चाहिदैन,लालपुर्जा चाहिन्छ भन्दै विरोध प्रदर्शन गरे । 
लालपुर्जा माग गर्दै विभिन्न स्वरुपको आन्दोलनलाई निरन्तरता दिदै आएका संघर्षको कार्यक्रममा प्रहरीको बाक्लो उपस्थितिमा नगरपालिका कार्यालयमा लगाइएको ताल्चा फुटाइए लाठी प्रहार गरेपछि उनीहरुले आन्दोलनलाई थप सशक्त बनाएको छ ।  प्रहरी दमनको कडा शब्दमा विरोध गर्दै आएका नगरबासीले लालपुर्जा पाउने सुनिश्चितता नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिए । 
 उनीहरुले राजविराज शहरको स्थापना कालदेखि नेपाल सरकारबाट प्रदान गरिएको विटौरी जग्गामा बसोबास गर्दै आएको राजविराजबासीहरुले निशर्त लालपुर्जा पाउनु पर्ने माग सारेका छन् । 
उनीहरुले हकभोगको आधारमा जग्गको स्वमित्व पाउनु पर्ने माग सार्दै  डेढ महिना देखि धर्ना लगायतका विभिन्न दवाव मुलक संघर्षका कार्यक्रमलाई दबाउने  प्रयास भए थप सशक्त आन्दोलन गर्ने संघर्ष समितिले चेतावनी दिए ।
उनीहरुले विटौरी जग्गाको राजस्व राजविराज नगरपालिकामा बुझाउँदा समेत लालपुर्जा वितरणमा बेवास्ता गरेको भन्दै आक्रोश पोखे । शान्तिपूर्ण संघर्षबाट सुनुवाइ नभए आन्दोलनलाई  थप सशक्त बनाउन बाध्य हुने उनीहरुको भनाइ छ ।
१९९८ सालदेखि  बसोबास गर्दै आएको नगरबासीलाई पटकपटक आश्वासन दिएपनि हालसम्म लालपुर्जा वितरण नगरेको नगरबासीको  गुनासो छ।  हकभोगको आधारमा जग्गाको लालपुर्जा उपलब्ध गराउनुपर्ने एक सूत्रीय माग  सार्दै महिनौंदेखि विभिन्न स्वरुपको चरणबद्व दवावमुलक कार्यक्रम गर्दै आएपनि  सरकारले गरेको आन्दोलन दवाउने प्रयास सफल हुन नदिने  आन्दोलन परिचालन समितिका संयोजक दासले बताए । 
नगरपालिकाले विटौरी कर लिदै आएपनि लालपुर्जा वितरणमा चासो नदिएको स्थानीयको आरोप छ । २०२८ सालमा राजविराज शहरको ६० विघा जग्गालाई नापी शाखाले गाउँ ब्लक दावी गर्दै श्रेस्ता कायम गरिएकोले त्यसलाई आधार मान्ने हो भनेपनि जग्गाको लालपुर्जा पाउनुपर्ने आन्दोलनकारीहरुको भनाइ छ ।
नगरपालिकामा कर बुझाएर बैंकमा जग्गा धितो राखी कारोबार हुँदै आएकोमा पछिल्लो समय  विटौरी जगाको लालपुर्जा उपलब्ध गराउने भनी सरकारले बैंकलाई देशव्यापी पत्राचार  गरेपछि बैंकले धितो बन्धक राख्न रोक लगाएको थियो । 
नगरबासीको आन्दोलनलाई सप्तरी उधोग बाणिज्य संघलगायतका दर्जनौं संघसंस्था तथा राजनीतिक दलहरुले  प्रेस विज्ञप्ति  जारी गर्दै तथा भौतिक उपस्थिति भई एक्यवद्धता जनाएको छ । पाँच हजारभन्दा बढी परिवारले हकभोग गर्दै आएको विटौरी जग्गाको लालपुर्जा उपलब्ध गराउन नागरिक स्तरबाट समेत दवाव बढेको छ । 
राजविराज नगरपालिका अन्तर्गत १० विघे ब्लक जग्गाको भने यसअघि नापी शाखाको सिफारिसमा मालपोत कार्यालयबाट केही व्यक्तिलाई जग्गाधनी पूर्जा उपलब्ध गराइसकेको छ । 
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक जग्गा खाली गर्न देशव्यापी उर्दी जारी गरेपछि राजविराजबासी थप सशंकित भएका छन् ।