न्यूज टुडे
राजविराज, ३० जेठ ।
सबै नेपाली नागरिकलाई आधारभूत शिक्षा अनिवार्य गरिएको छ । अनिवार्य तथा निशुल्क आधारभूत शिक्षा नलिएका बालबालिकाको २०८५ बैशाख १ गतेदेखि सरकारी सहित अन्य सेवा सुविधाबाट बन्चित हुनुपर्ने बाध्यकारी व्यवस्था गरिएको हो ।
शिक्षा युवा तथा खेलकुद शाखा शम्भुनाथ नगरपालिका सप्तरीले बुद्धिलाल विद्या मुनर क्याम्पस भगवतपुर बडहरी ७ मा आयोजना गरेको कार्यक्रममा उक्त विषयमा जानकारी दिएको छ ।
अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धि ऐन २०७५ को नियमावली ,नियमावली २०७७ को कार्यान्वयन ,समता सुचक विश्लेषण तथा लगत संकलन रणनीति अभिमुखिकरण कार्यक्रममा सहजिकरण गर्दै शम्भुनाथ नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बिदुर विक्रम थापाले सबैले आआफ्ना बालबालिकालाई आधारमूत शिक्षा अनिवार्य दिनुपर्ने बताए ।
उनले भने´२०८५ साल बैशाख १ गतेपछि १२ वर्ष पुगेको कक्षा ८ उत्तीर्ण नगरेका नागरिक २०७३ साल बैशाख १ गतेपछि जन्म भएका नागरिकले सरकारी,गैरसरकारी र निजी क्षेत्र सेवामा प्रवेश गर्न नपाइने,निर्वाचित हुन नपाउँने,नियुक्ति वा मनोनयन हुन नपाउने,रोजगारी प्राप्त गर्न अयोग्य हुने,कम्पनी,फर्म,सरकारी संस्था वा गैरसरकारी संस्था स्थापना गर्न नपाउने,शेयरधनी संचालक हुन नपाइने,सदस्य,पदाधिकारी हुन नपाइने भएको छ ।
तर कमजोर स्वास्थ्य,बहुअपाङ्ता वा यस्तै जटिल कारणले शिक्षा लिन नसकेका व्यक्तिको हकमा यो व्यवस्था छुट रहेको छ ।
आधारभूत तहको शिक्षा पूरा नगरि बालबालिकालाई विद्यालय छुटाउने अभिभावकलाई समेत सबै सरकारी सहित अन्य सेवा सुविधाबाट २०८५ बैशाख १ गतेदेखि स्थानीय तहबाट प्रदान गरिने सुविधाबा समेत बन्चित गरिने भएको छ ।बाध्यकारी व्यवस्था भएकोले सबैले यस विषयमा गम्भीर हुन आवश्यक छ ।
२०८४ भित्र पूर्ण साक्षर पालिका अनिवार्य घोषणा गर्ने उद्देश्यले ४ वर्ष देखि १३ वर्ष भित्रका उमेर समुहका बाालबालिकालाई बाध्यकारी र अनिवार्य आधारभूत शिक्षा दिनुपर्ने अहिले मुख्य लक्ष्य रहेको छ । अनिवार्य तथा निशुल्क शिक्षा ऐन २०७५ को कार्यान्वयनका लागि नेपाल सरकारले देशभरका सबै पालिकालाई २०८४ भित्र पूर्ण साक्षर पालिका घोषणा गर्ने भएको छ ।
त्यसैले ४ वर्षका बालबालिकालाई बालविकास र ५ देखि १३ वर्षसम्मका बालबालिकाकालाई निशुल्क र अनिवार्य आधारभूत शिक्ष दिएर शिक्षाको नीति कार्यान्वयन गर्न सबैलाई आआफ्ना ठाउँबाट सहयोग गर्न आवश्यक छ ।
साक्षर वडा वा पालिका २०७६ मा घोषणा गर्नुपर्ने लक्ष्य भएपनि अहिलेसम्म उक्त लक्ष्य पुरा हुन नसकेकोले कक्षा ८ सम्म पढाउन सरकारले बाध्यकारी व्यवस्था ल्याएको छ । यो बाध्यकारी र नि:शुल्क भएको अग्नीसाईर कृष्णा संवरण गाउँपालिकाका शिक्षा शाखा प्रमुख फिरोज कटुवालले जानकारी दिए ।
२०८४ भित्र पूर्ण साक्षर पालिका अनिवार्य घोषणा गर्ने लक्ष्यका साथ अघि बढेकोले बिद्यालय बाहिर रहेका बालबालिकाको विषयमा टोल टोलमा गएर सर्वेक्षण गर्ने,१५ देखि ५९ वर्ष उमेरकालाई निरक्षर समूहलाई साक्षर बनाएर नेपाल सरकारको घोषणा गर्ने लक्ष्य रहेको उनले बताए । ।
सबै आफ्नो समुदायका बालबालिकालाई अनिवार्य आधारभूत शिक्षाका लागि जिम्मेवार बन्नुपर्ने आवश्यक भएको उनको भनाइ छ ।
प्रमुख अतिथि शम्भुनाथ नगरपालिका कार्यवाहक नगरप्रमुख अनिता कुमारी चौधरीले उद्घाटन गरेको कार्यक्रममा पालिकाका सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यायपकहरू,वडा अध्यक्षहरू बोदेबरसाइ नगरपालिकाका शिक्षा प्रमुख लगायतको उपस्थिति रहेको थियोे ।