• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

हकभोगको पचास बर्षपछि जग्गाधनी पूर्जा पाउँदा हर्षित

हकभोगको पचास बर्षपछि जग्गाधनी पूर्जा पाउँदा हर्षित
न्यूज टुडे
राजविराज,३० जेठ । 
जग्गा हकभोग गरेको पचास पर्ष पछि जग्गाको स्वामित्व ग्रहण गर्न पाउँदा सप्तरीको रुपनी गाउँपालिका ६७ बर्षीय सुलेमान मियाँ हर्षित भएका छन् ।  गाउँपालिका र  १ नम्बर वडा कार्यालयको पहलमा जग्गाको स्वामित्व ग्रहण गर्न पाउँदा उनी हर्षित भएका हुन् । 
गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवको हातबाट शनिबार जग्गाधनी पूर्जा ग्रहण गर्न पाउँदा उनी मुस्काएका  छन् । आफू बाल्यकालमा हुँदै बुवाले बजारमा घर बनाएर हकभोग गर्दै आएको प्लोट आफ्नो नाममा लालपुर्जा पाउँदा खुशी लागेको बताए । उनले गाउँपालिका र वडा कार्यालयको विशेष पहलमा  जग्गा आफ्नो नाममा आउँदा अत्यन्तै खुशी महसुस भएको बताए । 
गाउँपालिकाले मियासंगै अन्य चारजनालाई समेत लालपुर्जा उपलब्ध गराएका छन् । रुपनी १ स्थित बजारको प्लोटमा घर बनाएर हकभोग गर्दै आएको फुलोदेवी साह, अनिता देवी साह र केदार प्रसाद साहले एकपुस्ता पछि जग्गा धनी पूर्जा पाउँदा खुशी लगेको वताए ।
प्लोट धनीलाई लालपुर्जा वितरण गर्दै अध्यक्ष यादवले बाँकी अन्य थप बजारबासीहरुलाई लालपुर्जा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । बजारलाई व्यवस्थित गर्न जग्गाधनीहरुको खोजी गरि उनीहरुबाट जग्गा राजिनामा पास गरी बसोबासको आधारमा  प्लोट धनीलाई लालपुर्जा वितरण गरिएको अध्यक्ष यादवले बताए
बजारको प्लोट बारे सामाजिक संजालमा गाउँपालिका प्रति गरिएको नकारात्मक टिप्पणीमा सत्यता नरहेको दावी गर्दै उनले गाउँपालिकाक बजारलाई भत्काउन भन्दा कसरी व्यवस्थित गर्न सकिन्छ भनी सोचका साथ अगाडि बढेको बताए । 
२०३२ सालमा बजार स्थापना गर्ने उदेश्यले २०१ परिवारलाई प्रति परिवार साढे ६ धुरको दरले प्लोट वितरण गरि भोगचलन गर्दै आएका थिए । जग्गा हकभोग गरिएपनि कतिपय जग्गा व्यक्तिको नाममा रहेको र कतिपय तत्कालीन रायपुर गाउँ  पन्चायतको नाममा रहेका छन् । 
यसअघि समेत व्यक्तिको नाममा रहेको जग्गा  धनीको पहिचान गरि २१ जनालाई लालपुर्जा उपलब्ध गराइएको थियो ।  पूर्व गाउँपालिका अध्यक्ष हरेराम यादवको पहलमा उनीहरुलाई जग्गा धनी पूर्जा वितरण गरिएको  एक पूर्व वडाध्यक्षले जानकारी दिए । 
पहिलो चरणमा चारजनालाई लालपुर्जा वितरण गरिएको बताउँदै अध्यक्ष यादवले  अन्य१७ जनाको जग्गाधनी पूर्जा प्रक्रिया अन्तिम चरणमा रहेकोले छिटै थप परिवारलाई जग्गाधनी पूर्जा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरे । 
उक्त अवसरमा विभिन्न पार्टीका प्रतिनिधि, स्थानीय बुद्धिजीवी समाजसेवीहरु तथा संचारकर्मीहरुको समेत उपस्थिति थियो ।