• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

विशाल चौकको मानव दिशाजन्य लेदो प्रशोधन केन्द्रमा बृक्षरोपण

विशाल चौकको मानव दिशाजन्य लेदो प्रशोधन केन्द्रमा बृक्षरोपण
न्यूज टुडे
राजविराज,३० जेठ ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ४ विशाल चौक स्थित निर्माणाधीन ‘मानव दिशाजन्य लेदो प्रशोधन केन्द्र’  परिसर भित्र शनिबार बृक्षरोपण गरिएको छ । महुली सामुदायिक विकास केन्द्र बकधुवा सप्तरीद्वारा आफ्नो ३३ औ बार्षिकोत्सवको अवसरमा बृक्षरोपण आयोजना गरेको हो । 
बृक्षरोपण कार्यक्रम सहभागीहरु । फोटो : न्यूज
करिव २ करोड ५३ लाखको लागतमा निर्माण सुरु गरिएको उक्त प्रशोधन केन्द्रलाई हरित क्षेत्र बनाउने उदेश्यले बृक्षरोपण गरिएको महुली सामुदायिक विकास केन्द्र बकधुवाका अध्यक्ष ललित प्रसाद चौधरीले जानकारी दिए ।  आफ्नो जन्मोत्सवको अवसरमा प्रत्येक बर्ष पर्यावरण संरक्षण गर्ने उदेश्यले आयोजना गरिने बृक्षरोपणलाई निरन्तरता दिदै  यसबर्ष  सरसफाइ र व्यवसायीकरणका लक्ष्यका साथ निर्माणाधीन मानव दिशाजन्य लोदो प्रशोधन केन्द्रलाई छनौट गरिएको  उनले बताए । 
बृक्षरोपण कार्यक्रमको उद्घाटन गर्दै अग्नीसाइर कृष्णासरन गाउँपालिकाकी निवर्तमान कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरीले प्रशोधन केन्द्र गाउँपालिकाको मुख्य आमदानीको श्रोत बन्ने विश्वास व्यक्त गरिन । यसले पूर्णता पाएर संचालनमा आएपछि प्राङगरिक मल उत्पादन हुने भएकोले स्थानीय स्तरमा मल समस्याको सम्बोधनसंगै किसानहरु बढी लाभान्वित हुने उनले बताइन् । मधेस प्रदेशमै पहिलो प्रशोधन केन्द्रको रुपमा भएकोले अबलोकन तथा अनुसन्धानकर्ताको  केन्द्रको रुपमा विकास हुने उनको भनाइ छ । 
महुली सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक प्रभुनारायण चौधरीले प्रशोधन केन्द्रले सरसफाइ तथा जलवायु परिबर्तनको प्रभाव न्यूनीकरण ठूलो टेवा पुग्ने बताए । फोहरमैला व्यवस्थापन गरि हरित बाताबरण निर्माण गर्दै व्यवसायीकरण गर्ने परियोजनाको लक्ष्य रहेको उनले बताए । 
उनले गाउँपालिका भरी रहेको दिशा सेप्टी टंकीमा जम्मा भएको फोहर प्रशोधन गरि उपयोगमा ल्याउने तथा पर्यावरणलाई सुरक्षित राख्न यसको महत्त्वपूर्ण भुमिका रहने बताए ।
परियोजनाका संयोजक चन्द्र नारायण चौधरीले डब्लूएचएच तथा संस्थाको तर्फबाट १ करोड २५ लाख, गाउँपालिका र प्रदेश सरकारको सहयोगमा अढाइ करोडभन्दा बढीको लागतमा आगामी कार्तिक महिनाभित्र पूर्वाधार निर्माण कार्य सम्पन्न गरि  गाउँपालिकालाई हस्तान्तरण पछि  संचालनमा ल्याउने बताए । प्रशोधन केन्द्रमा आम्दानी होस् भन्ने सोचकासाथ फलफूलको विरुवा रोपिएको उनले जानकारी दिए । 
उक्त अवसरमा आँप, लिची, अमला, जमुना, कागती, अम्बा, मलेसियन साल, खयर, टिक, गुलमोहरको विरुवा रोपिएको थियो । 
बृक्षरोपण समारोहमा   मावि जण्डोलका  प्रधानाध्यापक कामेश्वर मण्डल,गाउँपालिका स्तरीय सहकारी समन्वय समितिका संयोजक रामी यादव, लेखा संयोजक शैलेन्द्र झा, पत्रकार बृजमान तामाङलगायतका संस्थाका पदाधिकारी, कर्मचारी तथा स्थानीय बुद्धिजीवी समाजसेवीहरुको उपस्थिति थियो ।