• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जबर्जस्ती करणी कसुरसहितका तीन प्रतिवादी पक्राउ 

जबर्जस्ती करणी कसुरसहितका तीन प्रतिवादी पक्राउ 
न्यूज टुडे
राजविराज,२५ जेठ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले जबर्जस्ती करणीसहितका विभिन्न मुद्दाका फरार प्रतिवादी गरि तीनजनालाई नियन्त्रणमा लिएको छ  । १६ बर्षीय एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा तथा अपराधिक उपद्रो र चोरी मुद्दाका फरार प्रतिवादी गरि तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 
पीडित बालिकाको  आमाको जाहेरीको आधारमा परिबर्तित कन्चनरुप १५( १५५A) लाई कञ्चनरुप ८ बेरियरबाट सोमबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
फुपुकै घरमा जाहेरबालाको छोरीलाई जबर्जस्ती करणी गरेको उनलाई आरोप लागेको छ । पक्राउ परेका उनलाई जबर्जस्ती करणी कसुरमा मुद्दा  दर्ता गरि सप्तरी जिल्ला अदालत राजविराजबाट ३ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विजय कार्कीले बताए । 
यसैगरी प्रहरीले अन्य दुइजना फरार प्रतिवादीलाई समेत पक्राउ गरेको जनाएको छ । प्रहरी निरीक्षक कार्कीका अनुसार पक्राउ पर्नेमा साविक फसैट गाविस हाल राजविराज ११ का प्रदिप कुमार यादव र विष्णुपुर गाउँपालिका ६ का मिकी भन्ने मिथिलेश कुमार राय छन् । 
यादव विरुद्ध सप्तरी जिल्ला अदालतबाट अपाराधिक उपद्रो कसुरमा १ महिना कैद र २ हजार जरिवाना तथा रायमाथि चोरी अभियोगमा ६ महिना कैद र १० हजार जरिमाना तोकिएको छ । 
पक्राउ परेका यादव र रायलाई कैद तथा जरिवाना भुक्तानका लागि सोमबार सप्तरी जिल्ला अदालत दाखिला गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।