• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
नेकपा  सप्तकोशी नगर संयोजकमा घिमिरे 
न्यूज टुडे
राजविराज, २३  जेठ । 

नेपाली कम्युनिष्ट पार्टी सप्तकोशी नगरपालिको नगर समायोजकमा  ज्ञानेन्द्र घिमिरे चयन भएका छन् ।सप्तकोशी  नगरपालिका  ८ ओद्रहामा शनिबार सम्पन्न नेपाली कम्युनिष्ट पार्टी सप्तकोशी नगरपालिको नगर समायोजन भेलाबाट घिमिरे नगर संयोजक चयन भएका हुन् । 

समायोजन भेलामा सहभागी नेकपाका नेताकार्यकर्ताहरु । फोटो : न्यूज टुडे
पार्टी एककिरण पश्चात समायोजित भेलाबाट बबिता सरदार सहसंयोजक चयन   भएकी छिन् भने २५ सदस्यीय नगर समिति गठन गरेको छ ।
गठित नगर समितिको सदस्यमा चेतन राई, इशु लेखी, फनिसदेव चौधरी, ममता चौधरी,बिद्यानन्द चौधरी, ध्रुव चौधरी, दिपेन्द्र प्रसाद यादव, दिपक लेखी, उर्मिला तिम्सिना,अशोक बिक, भलियादेवी चौधरी, लिला कुमारी चौधरी, राजनारायण चौधरी, बसन्ति चौधरी, केदारप्रसाद साह, चन्द्र नारायण यादव, दर्पी यादव, सञ्जय खडगा, लोकनाथ चौधरी, प्रभा चौधरी, राधा विष्ट र कृष्णदेव चौधरी रहेका छन् । 
भेलामा पार्टी केन्द्रीय सदस्य एवं सप्तकोशी नगर इन्चार्ज उषा पोखरेल, केन्द्रीय सदस्य सुर्यनाथ यादव, लक्ष्मी चौधरी लगायता पार्टी नेताहरुको उपस्थिती रहेको थियो ।
भेलाले साउन मसान्त भित्र सदस्यता विस्तार एवं नवीकरण गरेर भदौ १५ गते भित्र सबै वडा अधिवेशन र भदौ मसान्त भित्र नगर अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको नगर इन्चार्ज उषा पोखरेलले बताइन ।