• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

लागूऔषध गाँजासहित कार्की र लेखी पक्राउ

लागूऔषध गाँजासहित कार्की र लेखी पक्राउ
न्यूज टुडे
राजविराज, २२ जेठ । 
जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार लागूऔषध गाँजासहित २ जनालाई नियन्त्रणमा लिएको छ ।  सप्तकोसी नगरपालिका १ का बर्ष ४३ का भुपराज कार्की र सोही स्थानका २८ बर्षीय दिपेश भन्ने ठाकुर कुमार लेखीलाई २३ किलो गाँजासहित नियन्त्रणमा लिएको हो । 
सप्तकोसी नगरपालिका १ स्थित चन्द्र नहरको हेडबाँधबाट फ्त्तेपुर तर्फ आउँदै गरेका कार्कीलाई शंका लागि चेकजाँच गर्दा १३: २२ किलोग्राम गाँजा फेला परेपछि उनको घरमा खानतलासी गर्दा ९ .९२ किलो ग्राम गरि २३ किलो प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । 
गाँज बरामद भएपछि कार्कीलाई सोधपुछ गर्दा उक्त गाँजा लेखीको  रहेको भनि जवाफ दिएपछि दुबैजनालाई गाँजासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । 
पक्राउ परेका दुबैजना विरुद्ध लागूऔषध ओसारपसार तथा विक्री वितरण कसुरमा मुद्दा  दर्ता गरि सप्तरी जिल्ला अदालत राजविराजबाट ५ दिनको म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक कार्कीले जानकारी गराएका छन्