• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

दुई दिने बालबालिका उद्घोष कला तालिम सम्पन्न

दुई दिने बालबालिका उद्घोष कला तालिम सम्पन्न
उत्तम आचार्य
कञ्चनरूप, २४ जेठ
सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर १२ को आयोजनामा सञ्चालित दुई दिने बालबालिका उद्घोष कला तालिम सफलतापूर्वक सम्पन्न भएको छ। बालबालिकाहरूमा लुकेर रहेको प्रतिभा पहिचान, आत्मविश्वासको विकास, प्रभावकारी सञ्चारकला तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो।
वडा सदस्य दीपक भट्टराईको अध्यक्षतामा आयोजित समापन  कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य एवं वडा सदस्य सीता पौडेलले तालिममा बालबालिकाहरूको उत्साहजनक सहभागिता रहेको बताइन्। बालबालिकाहरूको यो सक्रियताले आगामी दिनमा थप कार्यक्रमहरू आयोजना गर्न वडा समितिलाई हौसला मिलेको उनको भनाइ थियो।
त्यसैगरी अर्का वडा सदस्य जैनुद्दिन मियाँले तालिममा सिकेका ज्ञान, सीप र अनुभवले बालबालिकालाई भोलिको सक्षम नेतृत्व, असल वक्ता र जिम्मेवार नागरिक बन्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।
वडा कार्यालयका सचिव द्वारिका निरौलाले “आज बालबालिकाको प्रतिभामा गरिएको लगानी नै भोलिको समृद्ध समाज र सक्षम राष्ट्र निर्माणको बलियो आधार हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक तथा सिर्जनात्मक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाइन्।
दुई दिनसम्म चलेको उक्त तालिममा कञ्चनरूप नगरपालिकाका प्रशासकीय अधिकृत नवराज खड्काले प्रशिक्षकको भूमिका निर्वाह गर्दै बालबालिकाहरूलाई उद्घोष कलाका विभिन्न आयामबारे प्रशिक्षण दिएका थिए।
कार्यक्रम संचालन फातिमा खातुनले गरेकी थिइन् ।
कार्यक्रमलाई सफल बनाउन अमूल्य समय, श्रम र सहयोग प्रदान गर्ने प्रशिक्षक, अभिभावक, सहभागी बालबालिका तथा प्रत्यक्ष-अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण महानुभावहरूप्रति वडा कार्यालयले हार्दिक आभार समेत व्यक्त गरेको गरेका छन् ।