न्यूज टुडे
राजविराज, २१ जेठ ।
मोटरसाइकल चोरीको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ का एक जना पक्राउ परेका छन् । स्थानीय ३१ बर्षीय मो. हाकिम चोरीको मोटरसाइकलसहित बुधबार रङ्गेहात पक्राउ परेका हुन् ।
बोदेबर्साइन नगरपालिका वडा नम्बर ५ स्थित पार्किङ गरि राखिएको अस्थायी नम्बर पिएल-०२-००६०प२१३५ नम्बरको अनटेस्ट मोटरसाइकल चोरी भएको सूचना प्राप्त हुनसाथ खोजतलासको क्रममा बुधबार दिनको २ बजे उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मोटरसाइकल लिई भाग्दै गर्दा लडी घाइते रहेको अवस्थामा बोदेबर्साइन नगरपालिका ५ भटिन टोलबाट हाकिम पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।
पक्राउ परेका हाकिम विरुद्ध चोरी कसुरमा मुद्दा दर्ता गरि सप्तरी जिल्ला अदालत राजविराजबाट ५ दिनको म्याद लिई थप अनुसन्धान अगाडि बढाएको प्रहरी निरीक्षक कार्कीले बताए ।