रामनाथ यादव
राजविराज , २१ जेठ
सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका ७ मा रहेको लक्ष्मी ,वलल्भ, नर्सिङ माध्यमिक विद्यालय वभनगामाकट्टीका छात्रछात्राहरु गर्मीले प्रताडित भएका छन् । लगातार पाँच दिनदेखि अत्यधिक गर्मी बढेपछि कक्षा कोठामा पंखा नहुँदा उनीहरू पीडा सहेर पठनपाठन गर्न बाध्य भएका हुन् ।
गर्मीमा पठनपाठन गर्न समस्या भएको भन्दै उनीहरूले पंखाकाे व्यवस्था गरिदिन विद्यालय प्रशासनसंग आग्रह गरेका छन् । अत्यधिक गर्मीले वुधवार पाँच जना छात्रछात्राहरु अचेत भएपछि कक्षा ८ की कंचन कुमारी मंडलकाे उपचार धरानकाे घाेपामा भइरहेको स्थानीयले जानकारी दिए ।
विद्यालय प्रशासनका अनुसार कक्षा ८, ९ र १० मा अध्ययनरत छात्राहरूकाे चाप अत्यधिक गर्मीले गर्दा पाँच जना विद्यार्थीहरु अचेत भएकाे विद्यालयका प्रधानाध्यापक विपिन झाले जानकारी दिए ।
तीमध्ये ४ जनाको उपचारपछि घर पठाइएको छ भने टाउको दुख्ने र सास फेर्न गाह्रो भई गम्भीर अवस्थामा रहेकी एक छात्रालाई थप उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल वाट धरान रेफर गरिएको विद्यालयले जनाएको छ ।
सामान्य अवस्थाका अन्य ४ छात्रालाई विद्यालयमै आराम गराएर अभिभावकको जिम्मा लगाइएको छ ।
छात्र छात्राहरूमा न्यून रक्तचाप, जलविनियोजन , टाउको दुख्ने तथा सास फेर्न गाह्रो र वेहाेस हुनेजस्ता लक्षण देखिएकाे विद्यार्थीहरुले वताए ।
घटनापछि विद्यालयले छैटौँ पिरियडपछि पठनपाठन बन्द नगरेको विद्यार्थी वताए । प्रधानाध्यापक झाले विद्यालयमा पंखा नभएकाेले गर्मीमा नै कक्षाकोठामा पढाइ सञ्चालन भइरहेको बताए । विद्यार्थीका अनुसार कक्षाकाेठामा पङ्खा नभएकोले गर्मीकाे समस्यामा पठनपाठन सञ्चालनले अत्यधिक गर्मीमा पढन वाध्य भएको वताए ।
स्थानीयवासी तथा अभिभावकले बढ्दो गर्मीलाई मध्यनजर गर्दै विद्यालय सञ्चालन समय व्यवस्थापन तथा विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि कक्षाकाेठामा पंखा लगाउनका निमित्त आवश्यक उपाय अपनाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।