• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

आमाको उपचारमा ॠण लागेर विदेशीएका बोनम्यारो पीडित दिपक समस्यामा  

आमाको उपचारमा ॠण लागेर विदेशीएका बोनम्यारो पीडित दिपक समस्यामा  
न्यूज टुडे
राजविराज, २० जेठ ।
मृगौला पीडित ४५ बर्षिय आमा चन्द्रीका देवी चौधरीलाई गुमाएका सप्तरीको रुपनी गाउँपालिका ६ तेरहौताका ४० बर्षिय दिपक कुमार चौधरी थारु समस्यामा परेका छन् ।  आमाको उपचार खर्चमा लागेको ॠणले पिरोलिएर कमाउने सपना बोकेर ३० महिना अगाडि दुवई पुगेका उनी आफै बोनम्यारो रोगको शिकार भएपछि खर्च अभावले समस्यामा परेका हुन् । 
आमाको उपचारमा सबै सम्पत्ति सकिएर विदेशमा कमाएर ॠणको भरी विसाउने सोच राखेर दुवई गएपनि सपनामा  सिमित हुन पुगेको दिपकले बताए ।  
‘दुई बर्षसम्म विदेशमै खटीरहेँ तर ॠण सकिएन’उनले भने,’ थप १ बर्ष दुख गर्छु भनी निधो गरि भिसा थपेर बसे तर ६ महिना नपुग्दै आफै विरामी परेँ ।’
मृगौला रोगले आमा र सम्पत्ति सबै गुमाएको बताउदै दिपकले अहिले आफै बोनम्यारो रोग पीडित हुँदा उपचारमा समस्या खेपिरहेको दुखेसो पोखे ।  
ॠणमा डुबेर कमाउन वैदेशिक रोजगारीका लागि विदेशीएका छोरा आफै रोग लिएर फर्किएपछि ठूलो समस्यामा परेको दिपकका बुवा देवकान्त चौधरीले बताए । उपचार खर्च जुटाउन नसक्दा उपचारकै अभावमा छोराको ज्यान जोखिममा परेको उनले दुखेसो सुनाए ।
 मेरुदण्डको बोनम्यारो प्रत्यारोपण गर्न खर्च जुटाउन नसक्दा उपचार अभावमा छोरो ठुलो समस्यामा परेका उनले बताए ।
मेरुदण्डको बोनम्यारोले  काम गर्न छोडेपछि काठमाडौ स्थित सिभिल होस्पिटलमा उपचार गरि घर फर्किएका उनको खर्च जुटाउन नसक्दा उपचारमा समस्या भएको दिपककी श्रीमती रिता चौधरीले बताइन् ।
‘चिकित्सकले हप्ता दिनपछि आउनु भनि बोलाएको छ, तर आफुसंग खर्च छैन,  चौध दिन बढी भयो उपचारका लागि अस्पताल लान सकिएन, आफान्तको  सहयोगले यतिसम्म गर्न सकियो, ५-६ लाखभन्दा बढी नै खर्च भइसकेको छ, श्रीमानको उपचारमा  अब कुनै उपाय छैन , उनले भनिन्,’ भएभरको गहना बेचेर उपचारमै सकियो, आफ्नो जायजेथा पनि सबै सकियो, आफ्नाकोमा पनि माग्ने बाटो बन्द भएको छ’ गहभरी आसु चुहाउँदै उनले थपिन:- उपचार अभावमा श्रीमानको ज्यान जोखिमा छ, कतिबेला रोगले च्याप्ने हो, ठेगान छैन । श्रीमानको जीवन रक्षाको लागि सहयोग गरिदिन अनुरोध गर्दछु ।’
मेरुदण्डको बोनम्यारो सुकेर रगत उत्पादन गर्ने कारखाना बन्द भएर शरीरमा सबै प्रकारको रगतको कमी भएको बताउँदै उनले छिटै बोनम्यारो प्रत्यारोपण नगरे जतिबेला पनि खतरा हुन सक्ने चिकित्सकले सचेत  गराएपनि खर्च अभावले घरमै राख्न बाध्य भएको बताइन् । 
उनले  चिकित्सकले दिएको सल्लाह अनुसार  बोनम्यारो प्रत्यारोपण नहुँजेल प्रत्येक ७ दिनमा अस्पताल जानुपर्ने जानकारी दिइन् ।  काठमाडौ उपचार गराउन जाँदा अवस्था अनुसार एकपटकमा २० हजार देखि १ लाख सम्म खर्च हुने गरेको उनले बताइन् । 
उनले श्रीमानले बनिबुतो गरेर जसोतसो विहान-बेलुका हातमुख  जोड्ने गरेकोमा विरामी भएपछि थप समस्यामा परेको दुखेसो पोखिन । आफू स्थानीय बोडिङ्ग स्कुलमा टिचिङ्ग पेशामा खटी घर चलाउन सहयोग पुर्‍याउँदै आएको सुनाउँदै उनले श्रीमानले मजदुरी गरेर परिवार पाल्दै आएको भएपनि रोगको चिन्ताले परिवारमै ठूलो पीडा थपिएको बताइन् । 
वैदेशिक रोजगारीका लागि दुवई गएका श्रीमान रोगको लक्षण देखापरी काम गर्न नसकेपछि २०८२  चैतमा घर फर्किएको उनले बताइन् । उनले वैदेशिक रोजगारीका लागि दुवई गएको ३० महिनामा स्वदेश फर्किएका श्रीमानले विराटनगर स्थित गोल्डेन अस्पताल र धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञन प्रतिष्ठानमा झण्डै एक महिना उपचार गराइएको बताइन् ।
बोनम्यारो रोगको पहिचान भई रोग थप जटिल बन्दै गएपछि धरानले सिभिल होस्पिटल रेफर गरेपछि एक महिना पछि २०८२ चैत १८ गते  बोनम्यारोको समस्या पुष्टि गरेको उनले जानकारी दिइन । 
बोनम्यारो प्रत्यारोपण लागि थप २५ -३० लाख सम्म खर्च लाग्ने चिकित्सकले सल्लाह दिएपनि आर्थिक अभावले थप उपचारमा समस्या उत्पन्न भएको पीडितकी श्रीमती रिताले  दुखेसो पोखिन ।  अस्पतालबाट २०८३ बैशाख २४ गते घर फर्किएपनि पैसाको अभावमा श्रीमानलाई पुनः अस्पताल लान नसकेको उनले बताइन् ।
विदेशमा हुँदै खुट्टा पोल्ने, गिँजा र मुखबाट रगत बग्ने र अत्याधिक ज्वोरो आउने लक्षण देखापरेपछि स्वदेश पर्किएर उपचार गराएको पीडित दिपकले बताए । विदेशमा पनि राम्रो कमाई नभएकाले ॠण चुक्ता गर्न धौधौ परेपछि  नविकरण गरी  थप छ महिना बसेको बताउँदै उनले भएको सबै सम्पत्ति बेचेर सक्दा पनि उपचार सम्भव नहुने देखेपछि पीडा सहेर पनि घरमा बसेको बताए । 
हप्ता दिनमा रगत चढाउनु पर्ने भएपनि खर्च नहुँदा उपचार गराउन जान नसकेको सुनाउँदै उनले रिंगाटो लाग्ने, सहनै नसक्ने गरि आउने ज्वोरो तथा गिँजा र मुखबाट रगत जाने समस्या झेलिरहेको पिडा पोखे ।  समयमा उपचार गराउन जान नस्स्क्दा पुरै शरीर कम्जोर भएको अनुभुती भएको  उनले बताए ।
न्यूज टुडे दैनिकले  बोनम्यारो पीडित डिपक कुमार चौधरी बचाउ अभियान संचालन गरेर जम्मा भएको आर्थिक सहायताबाट फ्लोअफको लागि मंगलबार  रोकथाम उपचारमा अस्पताल  भर्ना गरिएको पीडित श्रीमती रिताले जानकारी दिइन् । 
आफ्नो सम्पत्तिको नाममा केही पनि नभएका  थारु परिवार आर्थिक रुपमा अत्यन्तै विपन्न भएकोले पीडितको उपचारमा सहयोग गरिदिन स्थानीयहरुले  आग्रह गरेका छन् । 
पीडित थारुको आमा ५ बर्ष अगाडि मृगौला रोगबाट मृत्यु भइसकेको तथा उनको बुवा, श्रीमती र एक छोरा गरी चार परिवार छन् ।