• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

ढुवानी मजदुर संघद्वारा राजविराजमा प्रदर्शन

ढुवानी मजदुर संघद्वारा राजविराजमा प्रदर्शन
न्यूज टुडे
राजविराज,१९ जेठ ।
अखिल नेपाल ढुवानी मजदुर संघ सप्तरीद्वारा राजविराजमा मंगलबार विरोध प्रदर्शन गरेको छ ।  पारिश्रमिक वृद्धिको माग गर्दै संघ आबद्ध मजदुरहरुले विरोध प्रदर्शन गरेको हो । 
‘हाम्रो पारिश्रमिक वृद्धि गर, सम्पुर्ण मजदुर एकता जिन्दावाद, मजदुर मार्न पाइदैन’ लगायतका नारा लगाउँदै उनीहरुले राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा गरेका थिए । 
देशमा महंगीले ढाड सेकेको बेला सबैक्षेत्रमा सरकारले कर वृद्धि गरेपनि मजदुरको पारिश्रमिक वृद्धि नगरेको भन्दै उनीहरुले आक्रोश पोखेका छन् ।  बर्तमान सरकार किसान, मजदुर, सुकुम्बासी तथा गरिव विपन्न विरोधी भएको आरोप लगाउँदै उनीहरूले सरकारको विभेदकारी नीतिले सार्है मारमा परेको गुनासो गरे ।
गरिव, सुकुम्बासीमाथिको दमन कायम राखिए चुप लागेर नबस्ने बताउँदै उनीहरुले दुई तिहाइको दम्भको दुरुपयोग गरिए प्रतिकार गर्ने चेतावनी दिए । 
महंगीको आधारमा पारिश्रमिक बढाउनु पर्ने मजदुरको माग अघि सारेका छन् ।