• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ५० युनिटभन्दा माथि विद्युत खपत गर्ने गार्हस्थ वर्ग अर्थात घरायसी ग्राहकलाई पाँच प्रतिशत मूल्य अभिबृध्दि कर(भ्याट) लाग्ने घोषणा गरेका छन् । त्यस बाहेक सिँचाइ,खानेपानी,चार्जिंग लगायतका उपभोक्ताकालागि १३ प्रतिशतले विद्युत मूल्य बढ्ने भएको छ । उसै पनि महँगीले आक्रान्त जनताकालागि सहुलियत दिनु पर्नेमा उल्टै स्वदेशी उत्पादनमा समेत यसरी मूल्य अभिबृध्दि कर लगाएर थप महँगीको उपहार दिएको भनि यसको कतिपयले आलोचना गर्न थालेका छन् ।

जलस्रोतको धनी मुलुक भनिए पनि आफ्नै मुलुकको उत्पादनमा समेत यसरी कर लगाएपछि राहतको आशामा बसेका जनताले उल्टै आहत हुने अवस्था आएको उनीहरुको तर्क छ । विद्युतमा मूल्य अभिबृध्दि कर लगाएपछि त्यसको प्रभाव अन्यत्र पनि पर्ने र अन्य वस्तु तथा सेवामा पनि महँगी बढ्ने भएका कारण यसको बिरोध भएको मान्न सकिन्छ । जनतालाई करको भार र महँगीको मारमा पुर्याउनेतिर लाग्नु भन्दा पनि विद्युतमा हुने गरेको चुहावट तथा अनियमितता रोक्ने तर्फ कडाई गरी जनतालाई राहत दिन सकिएको भए त्यसलाई सकारात्मक रुपमा लिने आधार रहन्थ्यो होला । तर त्यस तर्फ ध्यान दिने भन्दा पनि कर बढाएर जनताकै ढाड सेक्ने काम भएको भनि आलोचना भएको हो । उसै पनि पेट्रोलियम पदार्थको चरम मूल्य बृध्दि भईरहेको अवस्थामा जनतालाई राहत दिने आधारका रुपमा विद्युतलाई लिन सकिने थियो ।

पेट्रोलियम पदार्थको विकल्पमा जनतालाई विद्युतीय उपकरण प्रयोग तर्फ प्रोत्साहन गर्नकालागि पनि विद्युतमा कर बढाउने होईन सहुलियत दिनु उपयुक्त र सान्दर्भिक हुनेछ ।