• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराजमा बसपार्क संचालनको माग गर्दै प्रदर्शन

राजविराजमा बसपार्क संचालनको माग गर्दै प्रदर्शन
न्यूज टुडे
राजविराज,१८ जेठ । 
उद्घाटन गरिएको लामो समयसम्म पनि लथालिङ्ग अवस्थामा रहेको राजविराज बसपार्क संचालनको माग गर्दै राजविराजमा सोमबार विरोध प्रदर्शन गरिएको छ । अखिल नेपाल यातायात मजदुर संघ इ- रिक्सा, टेम्पो नगर समितिद्वारा विरोध प्रदर्शन गरेको हो । 
‘बसपार्क संचालन गर, मजदुर एकता जिन्दावाद’ लगायतका चर्को नारा लगाउँदै संघ आबद्ध इ-रिक्सा तथा टेम्पो व्यवसायीहरुले राजविराज नगरपालिका परिक्रमा गरेका छन् । 
बसपार्क संचालनमा नआउँदा आफ्नो व्यवसाय समेत प्रभावित भएको उनीहरुको गुनासो छ । उनीहरुले एकसाता भित्र माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
बसपार्क संचालन गर्न माग राखी नागरिक स्तरबाट विभिन्न समयमा दवाव सिर्जना हुँदा समेत सरोकारवाला निकाय भने बेखबर जस्तै छन् ।