• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

लालपुर्जा माग गर्दै राजविराज नगरपालिकामा तालाबन्दी

लालपुर्जा माग गर्दै राजविराज नगरपालिकामा तालाबन्दी
न्यूज टुडे
राजविराज,१८ जेठ ।
लालपुर्जा माग गर्दै  स्थानीयबासीले राजविराज नगरपालिकाको कार्यलयमा सोमबार तालाबन्दी गरिएको छ ।  जग्गाधनी पुर्जा माग राखी निरन्तर आन्दोलनरत संघर्ष समितिको अगुवाईमा तालाबन्दी गरिएको हो ।
सप्तरी सदरमुकाम राजविराजको स्थापना कालदेखि बसोबास गर्दै आएको नगरबासीलाई पटकपटक आश्वासन दिएपनि हालसम्म लालपुर्जा वितरण नगरेको नगरबासीको आरोप छ ।  हकभोगको आधारमा जग्गाको लालपुर्जा उपलब्ध गराउनुपर्ने उनीहरुको एक सूत्रीय माग रहेको छ ।
लालपुर्जाको माग राखी निरन्तर शान्तिपूर्ण संघर्षबाट सुनुवाइ नभएपछि नगरपालिकामा तालाबन्दी गर्न बाध्य भएको संघर्ष समितिका संयोजक खेलानन्द दासले बताए ।  लालपुर्जा उपलब्ध हुने सुनिश्चितता नभएसम्म आन्दोलन नरोकिने उनले चेतावनी दिए । 
‘यसअघि उनीहरुले लालपुर्जा वितरण गर’ भन्दै राजविराज नगरपालिकाको मुख्य सडकमा प्रदर्शन गर्दै टायर बालेर विरोध प्रदर्शन गरेका थिए । आन्दोलनले उग्र रुप लिएपछि राजविराज नगरपालिकाको कामकाज प्रभावित भएको छ भने नगर क्षेत्र अशान्त बनेको छ । 
संघर्ष समितिले ११ दिनसम्म धर्ना लगायतका विभिन्न दवाव मुलक संघर्षका कार्यक्रम गर्दै आएका थिए । विटोरी जग्गाको राजस्व राजविराज नगरपालिकामा बुझाउँदा समेत लालपुर्जा वितरणमा बेवास्ता गरेको भन्दै आक्रोशित उनीहरुले नापी कार्यालयसहितमा समेत तालाबन्दी गरी आन्दोलनलाई  थप सशक्त बनाउने चेतावनी दिएका छन् । 
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक जग्गा खाली गर्न देशव्यापी उर्दी जारी गरेपछि राजविराजबासी थप सशंकित भएका छन् ।