• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बेपत्ता भएका तीन बालकको प्रहरीद्वारा उद्धार

बेपत्ता भएका तीन बालकको प्रहरीद्वारा उद्धार
न्यूज टुडे
राजविराज, २८ बैशाख । 
सप्तरीमा बेपत्ता भएका तीन जना बालकलाई प्रहरीले उद्वार गरी अभिभावकलाई बुझाएको छ। सिरहाको लहान स्थित बोर्डिङ्ग स्कुलको होस्टेलबाट हराएका उनीहरुलाई सप्तरी प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगाएको हो ।
बालकलाई सोमबार बिहान सुरुङ्गा नगरपालिका–४ कदमाहा क्षेत्रमा फेला पारिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनिहरु सप्तरीको बोदेबर्साइन नगरपालिका–३ गौरा टोलका रहेको प्रहरीले बताए ।
 फेला परेका बालकहरु १२ वर्षीय प्रिन्स मण्डल, १० वर्षीय दुर्गानन्द ठाकुर र ७ वर्षीय विकास यादवलाई उनीहरुको अभिभावकको जिम्मा लगाइएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बरबहादुर पुरीले बताए ।
सिरहाको लहानबाट कदमाहातर्फ पैदल हिँडिरहेका ती बालकहरूको गतिविधि असामान्य देखिएपछि प्रहरी चौकी लक्ष्मीपुरबाट गस्तिमा खटिएको टोलीले रोकेर सोधपुछ गरेको थियो। प्रारम्भिक अनुसन्धानमा बालकहरू सिरहाको लहानस्थित गोल्डेन इंग्लिश बोर्डिङ स्कुलको होस्टेलमा बस्दै अध्ययनरत रहेको र कसैलाई जानकारी नदिई होस्टेल छोडेर निस्किएको खुलेको छ।
बालकहरुलाई तत्काल प्रहरी चौकी लक्ष्मीपुरमा राखी उनीहरूको अवस्थाबारे थप जानकारी संकलन गरिनुका साथै अभिभावकहरूसँग सम्पर्क गरेर सुरक्षित रूपमा जिम्मा लगाइएको उनले बताए ।