• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बभनगामाका अग्नीपीडित परिवारलाई गाउँपालिकाद्वारा राहत वितरण

बभनगामाका अग्नीपीडित परिवारलाई गाउँपालिकाद्वारा राहत वितरण
न्यूज टुडे
राजविराज,२७ बैशाख । 
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका – ६ बभनगामाका अग्नीपीडित परिवारलाई आइतबार राहत वितरण गरिएको छ । तिलाठी कोइलाडी गाउँपालिकाद्वारा अग्नी पीडित परिवारलाई राहत स्वरुप खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामाग्री प्रदान गरेको हो । 
गाउँपालिकाद्वारा  प्रतिपरिवार चामल २५ किलो, दाल २ किलो, नुन १ किलो, भुजिया आधा किलो, सक्कर १ किलो, एक थान त्रिपाल, एक थान झुल, एक थान साडी, एक थान लुंगी, भुजा ५ किलो, खाने तेल १ लिटर,  वेडसिट एकथान, बाल्टिन एक थान, मग एक थान, सब्जी मसाला एक प्याकेटको दरले वितरण गरिएको विपद सम्पर्क व्यक्ति राजेश कुमार झाले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डल, सबल नेपालका कार्यकारी निर्देशक दीपक झा सहितले पीडित परिवारलाई  सहयोग सामाग्री  वितरण गरेको  झाले बताए ।
शनिवार राति   सर्ट सर्किट भएर भएको आगलागीमा १० परिवारको १२ वटा घर जलेको थियो । आगलागीमा परि खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचर, विद्दुतीय  सामाग्री, नगदसहित ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
आगलागीमा जागेश्वर यादव, विद्यानन्द यादव,सदानन्द यादव, रामअवतार यादव,जहरी देवी, राज कुमार यादव,जोगेन्द्र यादव, अनिल यादव, रनिया यादव र रमन यादवको घर र गोठ जलेर क्षति भएको थियो ।