• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

त्रिरत्न गुम्वाको अध्यक्षमा वृजमान सिंदन चयन

त्रिरत्न गुम्वाको अध्यक्षमा वृजमान सिंदन चयन
न्यूज टुडे
राजविराज,२६ बैशाख । 
त्रिरत्न गुम्बा व्यवस्थापन तथा विकास समिति अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ चाँदनी बजारको अध्यक्षमा वृजमान सिंदन  तामाङ चयन भएका छन् । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ स्थित गुम्बाको सभाहलमा शनिबार आयोजित तेस्रो अधिबेशनबाट सिंदन सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
नवनिर्वाचित अध्यक्ष बृजमान तामाङ । फोटो : न्यूज टुडे
अधिवेशनले सिंदनको अध्यक्षतामा ११ सदस्यीय गुम्बा व्यवस्थापन तथा विकास समिति  सर्वसम्मत चयन गरेको अध्यक्ष मण्डलका संयोजक भिम बहादुर घिसिङले बताए ।   नवनिर्वाचित अध्यक्ष सिंदन यसअघि सचिब थिए । 
त्रिरत्न गुम्बाको तेस्रो अधिबेशनमा सहभागीहरु । फोटो : न्यूज टुडे
गठित समितिको उपाध्यक्षमा अरुण कुमार लोप्चन, सचिवमा नवराज योन्जन, सह सचिबमा सरिता योन्जन र कोषाध्यक्षमा आशा कुमारी दोङ चयन भएको उनले जानकारी दिए । 
यसैगरी समितिको सदस्यहरुमा भक्त बहादुर लो, सन्जमान सिंदन,गिता गोले,डिक बहादुर मुक्तान, देवेन्द्र घिसिङ र लक्ष्मी बम्जन चयन भएका छन् ।
यसैगरी निवर्तमान अध्यक्ष खड्ग बहादुर योन्जन,  लामा धर्म डुम्जन,भिम घिसिङ, मेख बहादुर बम्जन,सन्तमान गोले,सुर्यमान सिंदन र अशोक योन्जन गरि ७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको नवनिर्मित सचिब नवराज योन्जनले जानकारी दिए ।