न्यूज टुडे
राजविराज,०५ जेठ ।
सप्तरीमा ज्यान मार्ने उधोग कसुर मुद्दाका एक प्रतिवादी पक्राउ परेका छन् । सप्तरीको तिरहुत गाउँपालिका ३ बस्ने बर्ष ३८ को राजेश यादव पक्राउ परेका हुन् ।
२०८३ जेठ ०३ गते ११ : ३० बजेको समयमा तिरहुत गाउँपालिका ३ नवनगर स्थित आफ्नै आमालाई धारिलो हतियार फलामको चुलेसी र काठको डण्डाले प्रहार गरि घाइते बनाई ज्यान मार्ने कोशिस गरेको आरोपमा यादवलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका यादवमाथि ज्यान मार्ने उधोग कसुरमा मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालत राजविराजबाट चार दिनको म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बरबहादुर पुरीले जानकारी दिए ।