• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

घेदुङको १० औं संघीय महाधिवेशन सम्पन्न : अध्यक्षमा रामकृष्ण 

घेदुङको १० औं संघीय महाधिवेशन सम्पन्न : अध्यक्षमा रामकृष्ण 
न्यूज टुडे
राजविराज , ०५ जेठ । 
नेपाल तामाङ घेदुङको दशौँ सङ्घीय महाधिवेशन सोमबार सम्पन्न भएको छ । रामकृष्ण ब्लोन तामाङको नेतृत्वमा संघीय समिति चयन गर्दै घेदुङको संघीय महाधिवेशन सम्पन्न भएको हो । 
नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा ब्लोनले ३ सय ६ मत ल्याएर अध्यक्षमा निर्वाचित भए भने उनको निकटतम प्रतिद्वन्दी कुमारसिंह घिसिङले ९८ मत प्राप्त गरे । 
यसैगरी अध्यक्ष पदका लागि ५ जनाले उम्मेदवारी दिएका मध्ये अन्य प्रतिस्पर्धा मित्रसेन योन्जनले ५९ मत  अमिर लामा मोक्तानले ३२ मत,  मानबहादुर तामाङले २७ मत प्राप्त गरे । सहअध्यक्ष पदमा सरोजमोहन लामा निर्विरोध निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ । 
यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा सञ्चु ब्लोन तामाङ ३ सय ६० मत प्राप्त गरि विजयी भइन भने उनका प्रतिस्पर्धी हरिजङ तामाङले १ सय ३२ मत प्राप्त गरे । 
यस्तै पाँच खुला उपाध्यक्ष पदका लागि १२ जना उम्मेदवारबिच प्रतिस्पर्धामा काजिमान थिङ ३ सय ७८ मत, रूपबहादुर योन्जन २ सय ४६ मत, दिनेशकुमार लो १ सय ८३ मत, प्रेम लो तामाङ १ सय ८१ मत तथा पासाङदोर्जे लामा १ सय ७६ मतसहित निर्वाचित भएको निर्वाचन मण्डलका प्रमुख वरिष्ठ अधिवक्ता डा. कुन्साङ योन्जनले बताए । 
महिला उपाध्यक्ष पदमा बिना मम्बा तामाङ ३ सय २० मत  र दिना लामा ३ सय १ मतसहित विजयी भइन भने महासचिव पदमा लीलाकुमार घलान निर्विरोध निर्वाचित भएको जनाइएको छ। 
उपमहासचिव (खुला) तर्फ निर्मलबहादुर तामाङ र बिलाम मुक्तान  र उपमहासचिव (महिला)मा श्रमिक लामा निर्विरोध निर्वाचित भएका छन् ।
सचिव पदमा सुनिल मोक्तान २ सय ५१ मत, सुन्दर थोकर तामाङ १ सय ९९ मत तथा  हिरालाल तामाङ १ सय ९४ मतसहित विजयी भएका छन् । सचिव (महिला) तर्फ उषा वाइबा ३ सय २७ मत र सङ्गिता तामाङ पाख्रिन २  सय ७८ मतसहित निर्वाचित भए भ्ने कोषाध्यक्ष पदमा तीर्थमान बल तथा सहकोषाध्यक्ष पदमा सिता चोदेन तामाङ निर्विरोध निर्वाचित भएका छन् । 
यसैगरी प्रदेशगत सङ्घीय सदस्यमा प्रदेश १ बाट अर्जुन तामाङ, इन्द्रकुमार योन्जन तामाङ, दलमान तामाङ, पेम्बा गोले तामाङ, प्रदीप लामा तामाङ, मीनबहादुर तामाङ, रामबहादुर वाइबा र रामप्रसाद ग्याबा तामाङ निर्वाचित भएका छन् भने महिलातर्फ पेमाकुमारी लामा निर्विरोध निर्वाचित भएकी छिन् ।
मधेश प्रदेशबाट अमरराज लामा, चन्द्रबहादुर मुक्तान, पूर्णबहादुर मोक्तान, राजकुमार घिसिङ र रामबहादुर घलान निर्वाचित छन् भने महिलातर्फ बिना घिसिङ र राम्रीमाया तामाङ निर्विरोध चयन भएकी छिन् ।
बागमती प्रदेशको १४ खुला सदस्य पदका लागि २५ जना उम्मेदवार चुनावी मैदानमा थिए । कडा प्रतिस्पर्धापछि फुर्साङ मोक्तान तामाङ, कान्छा तामाङ, गोपीराज घलान, फुर्वाग्याल्बो मोक्तान, रोजबहादुर मोक्तान, फुर्पु तेन्जेन तामाङ, चक्रबहादुर पाख्रिन, उदय लामा, रक्षेबहादुर घलान लामा तामाङ, विजयकुमार तामाङ, समिर लामा, सूर्य घिसिङ तामाङ, सुवास तामाङ र सूर्यबहादुर तामाङ निर्वाचित भएका छन् । बागमती प्रदेशकै महिलातर्फ उर्मिला स्याङ्तान तामाङ, ठुलीमाया मोक्तान, तिरुमाया तामाङ, निर्मला तामाङ, मिक्साङ लामा र लक्ष्मी जिम्बा निर्विरोध निर्वाचित भएका छन्। 
गण्डकी प्रदेशबाट खुलातर्फ जसपाल पाख्रिन, बिरसुब्बा तामाङ र भक्तबहादुर तामाङ निर्विरोध  निर्वाचित भए भने महिलातर्फ आशा बमजन र जुना तामाङ निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी सुदूरपश्चिम प्रदेशबाट केशवकुमार लामा निर्विरोध निर्वाचित भएका छन् भने  प्रवास शाखा तथा आबद्ध शाखाबाट ज्ञानबहादुर तामाङ निर्वाचित भएका छन् ।
प्रवास शाखा तथा आबद्ध शाखाबाट ज्ञानबहादुर तामाङ निर्वाचित भएका छन् भने आबद्ध संस्थाको महिला खुलातर्फ छोइसल घलान, लक्ष्मीमाया वाइबा, शर्मिला लामा, शान्ताकुमारी तामाङ, शान्ति दोङ तामाङ, सफलता तामाङ र शुसिला वाइबा तामाङ निर्विरोध निर्वाचित भएको सुदूरपश्चिम प्रदेशबाट केशवकुमार लामा निर्विरोध निर्वाचित भएको निर्वाचन मण्डलका प्रमुख वरिष्ठ अधिवक्ता डा. योन्जनले बताए । 
लुम्बिनी र कर्णाली प्रदेशबाट कुनै पनि पदमा उम्मेदवारी नपरेको उनले जानकारी दिए ।