न्यूज टुडे
राजविराज,१५ जेठ ।
सप्तरीको राजविराज नगरपालिका–१० विरौलस्थित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास कार्य अघि बढाइन बजेट विनियोजन गरिएको छ । सरकारले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास कार्य अघि बढान बजेट विनियोजन गरेको हो ।
अर्थमन्त्री स्वर्णिम वाग्लेद्वारा प्रस्तुत बजेट, नीति तथा कार्यक्रममा २०७८ असार २२ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको प्रतिष्ठानको लागि बजेट विनियोजन गरी पूर्वाधार निर्माण कार्य अगाडि बढाउने उल्लेख गरिएको छ । तत्कालीन स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रतिष्ठानको योजना अगाडि बढाएको प्रतिष्ठान शिलान्यास गरेको लामो समय हुँदा पनि भवन अझै बन्न सकेको छैन् ।