• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अग्नीसाइरमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि अभिमुखीकरण

अग्नीसाइरमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि अभिमुखीकरण
रामनाथ चौधरी
महुली,०७ जेठ । 
अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युएनओम्यानको  सहयोग, अग्नीसाइर कृष्णासवन गाउँपालिकाको समन्वय तथा ओरेकद्वरा आयोजित दुइदिवसीय अभिमुखीकरण कार्यक्रम बिहीवार सम्पन्न भएको हो । 
रुपान्तरणका लागि संगस्ंगै अभियानमा सहभागी महिलाहरु । फोटो : न्यूज टुडे
“सशक्त महिल समृद्ध नेपाल’ कार्यक्रम अन्तर्गत रुपान्तरणका लागि  संगस्ंगै अभियान अन्तर्गत अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा स्थानीय तहमा लैससासमैत्री निती, योजना, बजेट तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा बिस्तृत छलफल गरि जानकारी गराइएको थियो । 
कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरुको सहभागीता रहेको ओरेक नेपालले जनाएको छ ।