• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

घरकी कामदार बालिकालाई करणीपछि गर्भपतन गराएको आरोपमा यादव पक्राउ

घरकी कामदार बालिकालाई करणीपछि गर्भपतन गराएको आरोपमा यादव पक्राउ
न्यूज टुडे
राजविराज,०७ जेठ ।
आफ्नै घरमा काम गर्न राखेकी एक बालिकालाई जबर्जस्ती करणीपछि गर्भपतन गराएको आरोपमा सप्तरीको सुरुङ्गा नगरपालिका ३ की ४३ बर्षिय रिता कुमारी यादव पक्राउ परेकी छन् ।  यादवकै घरमा कामकाजको लागि बस्दै आएकी बलिकालाई करणी पछि गर्भपतन गराएको आरोप यादव  पक्राउ परेकी हुन् ।
यादवसितको संलग्नतामा गर्भपतन गराएको र उक्त घटना पश्चात् फारर रहेकी उनलाई  बुधबार नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  पक्राउ परेकी यादवमाथि जबर्जस्ती करणी तथा गर्भपतन कसुर मुद्दामा सप्तरी जिल्ला अदालत राजविराजबाट ६ दिनको म्याद लिइ थप अनुसन्धान कार्य अगाडी बढाएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बरबहादुर पुरीले बताए । 
यसैगरी जबर्जस्ती करणी मुद्दाका आर्का आरोपी सुरुङ्गा नगरपालिका ८ का बर्ष २५ को शिव कुमार राम पक्राउ परेका छन् ।  २०८२ कार्तिक १० गते स्थानीय डाक्नेश्वरी मन्दिर नजिक रहेको  पुरानो पोखरीमा छठपर्व हेरी घरफर्कने क्रममा सडकमा हिडिरहेको अवस्थामा एक युवतीलाई पछाडिबाट मुख थुनी जबर्जस्ती करणी गरी फरार रामलाई बिहीवार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ऊनी विरुद्ध जबर्जस्ती करणी कसुर मुद्दमा  सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भइ रहेको डिएसपी पुरीले  बताए । 
यसैगरी बहुविवाह मुद्दामा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको जनाएको छ । सप्तकोसी नगरपालिका ४ मंगल हटिया बस्ने बर्ष ३२ का उदिप चौधरी र कञ्चनरुप नगरपालिका ६ की २६ बर्षिय  सुस्मिता चौधरी पक्राउ परेका हुन् । 
चौधरीको जेठी श्रीमती डम्वरी पुरीको जाहेरीको आधार बहुविवाह गरेको कसुरमा मुद्दा  दर्ता गरि सप्तरी जिल्ला अदालत राजविराजबाट ५ दिनको म्याद थप गरि अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।