• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

रुपनी गाउँपालिकाको किसान लक्षित योजना : सिंचाइका लागि मास्टर मीटर जडान

रुपनी गाउँपालिकाको किसान लक्षित योजना : सिंचाइका लागि मास्टर मीटर जडान
नर्मदेव यादव
रुपनी,१४ जेठ ।
सप्तरीको रुपनी गाउँपालिकाले किसानहरुलाई सिंचाई सुविधा पुर्‍याउने उदेश्यले मास्टर मीटर जडान कार्यको थालनी गरेको छ । रुपनी गाउँ पालिकाका अध्यक्ष दिनेश कुमार यादवले बिहीवार  एक समारोहका वीच मास्टर मीटर जडान कार्यको शुभारम्भ गरेका हुन् । 
रुपनी १ स्थित खेतबाट मास्टर मीटर जडानको उद्घाटन गर्दै अध्यक्ष यादवले रुपनी गाउँपालिकाको किसानका लागि सिंचाइ सुविधा पुर्‍याउने उदेश्यकासाथ मास्टर मिटर जडान कार्य प्रारम्भ गरिएको बताए ।  गाउँपालिकाले कृषि सिचाइ मिटरमा विधुत महसुल निशुल्क गरेको बताउँदै अध्यक्ष  यादवले  अव देखि  किसानले कृषि मिटर पनि किन्न नपरोस र सिंचाइमा सहयोग गर्ने लक्ष्य राखी योजना ल्याइएको बताए ।।
‘मास्टर मिटर खरिद गर्न बिधुत प्राधिकरण कार्यलय मधेस प्रदेश र बिधुत प्राधिकरण राजविराजसंग लिखित मौखिक निवेदन गरि बारम्बार प्रयास गरेकोमा यो  वर्ष सिचाइको लागि मास्टर मिटर लगाउन सफल भएको छु’ अध्यक्ष यादवले भने,’यो मास्टर मिटर ल्याउन सहयोग गरेको प्रदेश र राजविराज कार्यलयलाई समेत धन्यवाद दिन्छु ।’
यस योजनाले ३ हजार २ सय ५० जना किसान  लभाम्वित हुने अध्यक्ष यादवले विश्वास व्यक्त गरे ।  रुपनी गाउँपालिकाका विभिन्न वडामा जडान गरिने  ७० वटा मास्टर मिटर १४ लाखमा खरिद गरिएको उनले जानकारी दिए ।
‘यो मिटरबाट ९० प्रतिसत किसानहरु लभाम्बित हुने छ ।’ अब किसानले कृषि सिचाइ मिटर खरिद गरिनु पर्दैन’   उनले भने,’किसानको सहुलियतका लागि हरेक साल २५ देखि ३० लाखसम्म किसानहरुको कृषि मिटरको  महसुल पालिकाले  बुझाउँदै आएको छ ।’
नेपाल बिधुत प्राधिकरण राजविराजका प्रमुख सुनिल कुमार महतोले  गाउँपालिकासंग भएको सम्झौता अनुसार २०८३ असार मसान्त भित्रमा  सबै  मास्टर मिटर जडान गरिसक्ने प्रतिबद्धता व्यक्त गरे । 
उक्त अवसरमा  वडा  नम्बर १ का पुर्व  वडाध्यक्ष पिताम्बर यादव, राजविराज केन्द्रका इन्जिनियर उदय कुमार कर्ण, रुपनी बिधुत प्राधिकरण प्रमुख राजेन्द्र प्रसाद साह, नेपाल पत्रकार महासंघ सप्तरीका कार्यसमिति सदस्य नर्मदेव यादव लगायतका स्थानीय किसानहरुको उपस्थिति थियो ।