• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
जबर्जस्ती करणीको आरोपमा मण्डल पक्राउ
न्यूज टुडे
राजविराज,२२ बैशाख ।
जबर्जस्ती करणीको आरोपमा सप्तरीमा मंगलबार एकजना पक्राउ परेका छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ का बर्ष २२ को सुरज प्रकाश मण्डल पक्राउ परेका हुन् । 
बैशाख २१ गते राति १ बजे स्थानीय एक बालिकाको घरमै पसेर जबर्जस्ती करणी गर्न खोजेको पीडित बालिकाकी अभिभावकले  जाहेरी गरेपछि मण्डललाई  नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 
पक्राउ परेका मण्डललाई जबर्जस्ती करणी कसुर मुद्दा  दर्ता गरि सप्तरी जिल्ला अदालत राजविराजबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीले बताए ।
यसैगरी अभद्र व्यवहार मुद्दामा भारत उत्तर प्रदेश फत्तेपुर गयन्द बरिपुर हावई बस्ने २५ बर्षिय पुरुशोतम सिंह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
सोमबार अग्नीसाइर कृष्णासवरन गाउँपालिका १ मा सिंहले चलाएको युपी ४१ बिटी६७५६ नम्बरको ट्र्कले सोही स्थानमा रोकी  राखेको प्र१-०२-००१ ज ३८३७ नम्बरको म्याजिकलाई ठक्कर दिएर भागेको र घटना बारे सोधपुछ गर्दा  उल्टो प्रहरी टोलीमाथि अभद्र व्यवहार गरेको प्रहरीले बताएको छ । 
पक्राउ परेका सिंहमाथि अभद्र व्यवहार मुद्दा  दर्ता गरि जिल्ला प्रशासन कार्यालय सप्तरीबाट ५ दिनको म्याद लिई अनुसन्धान अगाडि बढाइएको डिएसपी पुरीले जानकारी दिए ।