उत्तम आचार्य
रुपनगर,१४ बैशाख ।
जङ्गली हात्तीको आक्रमणबाट सप्तरीको अग्नीसाईर कृष्णासवरन ६ मोहनपुरमा आइतबार एक बृद्धको मृत्यु भएको छ । स्थानीय ६६ बर्षिय यज्ञश्वर निरौलाको घटनास्थलमै मृत्यु भएको हो।

आफ्नै बारीमा मकै रुङ्न बसेका उनलाई राति ११: ४५ बजे हात्तीले आक्रमण गर्दा घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक निरौलाको शव आवश्यक प्रक्रिया पूरा गरि पोष्टमार्टमको लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बरबहादुर पुरीले बताए ।
निरौलाको शव परिक्षण गरि परिवारको जिम्मा लगाउने तयारी भइरहेको तथा घटना बारे थप अनुसन्धान जारी रहेको डिएसपी पुरीले जानकारी दिए ।