रामनाथ यादव
राजविराज,२६ बैशाख ।
सप्तरीको तिलाठीकोइलाडी गाउँपालिका ६ बभनगामा शनिबार आगलागी हुँदा ६ परिवारको १३ घर जलेर नष्ट भएको छ । स्थानीय रामअवतार यादवको गोठमा बालिएको घुरबाट आगो सल्केर आगलागी भएको हो ।
साँझ ७ बजे एक्कसी गोठबाट सल्केको आगोले रामअवतारको २ घर १ गोठ,जुगाई यादवको २ घर १ गोठ,अनिल यादव ( गिरिजा ) को २ घर १ गोठ, योगिन्द्र यादवको १, राज कुमार यादवको १ र धिरेन्द्र यादवको १ घर गरि १० घर र ३ वटा गोठ जलेर पूर्ण रुपले क्षति भएको स्थानीयले बताए ।
हनुमाननगर कंकालिनी नगरपालिका, मधेस प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट आएको बारुण यन्त्र, को.बरसाइन प्रहरी चौकीका प्रहरीहरु र स्थानीयबासीको सहयोगमा १ घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।।
आगलागीबाट खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचर लगायतका गरी,नगदसहित ३० लाखभन्दा बढीको धनमालको नष्ट भएको प्रारम्भिक अनुमान गरिएपनि क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले बताए ।
आगलागीको क्षतिको विवरण संकलन भइरहेको तथा घटना बारे थप अनुसन्धान भइ रहेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बरबहादुर पुरीले जानकारी दिए ।।