• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सरकारले विज्ञापनमा लगाएको आर्थिक नाकाबन्दी उद्वार आर्थिक नीति विपरीत’: लामिछाने

सरकारले विज्ञापनमा लगाएको आर्थिक नाकाबन्दी उद्वार आर्थिक नीति विपरीत’: लामिछाने
न्यूज टुडे
राजविराज,२५ बैशाख । 

नेपाल पत्रकार महासंघका केन्द्रिय लेखा समिति संयोजक केसी लामिछानेले बालेन्द्र शाह नेतृत्वको सरकारले विज्ञापनमा लगाएको आर्थिक नाकाबन्दी उद्वार आर्थिक नीति विपरीत रहेको टिप्पणी गरेका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ११ स्थित सखुवामा शुक्रबार आयोजित नेपाल पत्रकार महासंघ सप्तरीको १२ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने । फोटो : न्यूज टुडे

कार्यक्रममा बोल्दै केसीले संघीय सरकारले विज्ञापनमा लगाएको नाकाबन्दी संघीयताको मर्म विपरीत भएको भन्दै अविलम्ब फिर्ता लिनुपर्नमा जोड दिए ।  सरकारले मिडियामाथि अंकुश लगाएर निरङ्ग्कुशता प्रदर्शन गरेको उल्लेख गर्दै केसीले संघीय सरकारको  असंवैधानिक कदम विरुद्ध एकजुट हुनुको विकल्प नरहेको बताए । 
शुभकामना मन्तव्य व्यक्त गर्दै प्रदेश अध्यक्ष श्याम बन्जरा । फोटो : न्यूज टुडे
उनले बर्तमान सरकार राणा, राजा र पञ्चायत शासक भन्दा निरङ्कुश शैलीमा चलिरहेको भन्दै सरासरको कार्यशैमलीप्रति असन्तुष्टि व्यक्त गरे । नेपाली सेना बालेन्द्र सरकारको कटपुतली भएको चर्चा गर्दै उनले राष्ट्र र जनताको रक्षा गर्नुपर्ने सेनाले भुमीहीन, सुकुम्बासीलाई त्रसित गरि सेना र देशको स्वाभिमान घटाएको भन्दै आक्रोश व्यक्त गरे । 
शुभकामना मन्तव्य व्यक्त गर्दै राजविराज नगरपालिकाकी कार्यबाहक मेयर इसरत परविन । फोटो : न्यूज टुडे
प्रदेश समिति अध्यक्ष श्याम बन्जाराले सरकारको गलत नीतिले हजारौं श्रमजीवी पत्रकारहरुको रोजगारी खोसिने जोखिम बढेको भन्दै सरकारी निर्णय विरुद्ध सशक्त रुपमा उत्रन आग्रह गरे ।
राजविराज नगरपालिकाकी  कार्यबाहक प्रमुख इसरत परविनले पत्रकारहरुले परिबर्तनका लागी गरेको योगदान अविस्मरणीय रहेको उल्लेख गर्दै संघीय सरकारको विज्ञापनमा लगाएको रोक अव्यवाहारिक रहेको भन्दै  असन्तुष्टि व्यक्त गरिन ।
प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले संख्यात्मक भन्दा गुणस्तरीय पत्रकारितामा जोड दिदै पत्रकारितालाई मर्यादित, निष्पक्ष र विश्वासनीय बनाउनु पर्ने आवश्यकता औल्याए ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखा अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रिय सदस्य  ललिता साह, आम संचार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खड्गा,  सप्तरीका प्रहरी उपरीक्षक गौतम कुमार केसी, नेपाल पत्रकार महासंघ मधेस प्रदेश उपाध्यक्ष अम्विका दाहाल, सप्तरी शाखाका पूर्व अध्यक्षहरु विष्णु कुमार मण्डल, मुरली प्रसाद यादव, धिरेन्द्र प्रसाद साह , प्रकाश खतिवडा, प्रेस जनमत संघका केन्द्रिय अध्यक्ष अवधेश कुमार झाले शुभकामना मन्तव्य व्यक्त गरे । 
यसैगरी  प्रेस मञ्च नेपालका अध्यक्ष धर्मपाल राउत,  प्रेस सेन्टर सप्तरीका अध्यक्ष विन्दु कुमार यादव, समाजवादी प्रेस संगठन सप्तरीका अध्यक्ष अनिल पोखरेल,  प्रेस युनियन सप्तरीका पूर्व अध्यक्ष ओम प्रकाश साहलगायतकाले समेत शुभकामना मन्तव्य व्यक्त गरे । 
नेपाल पत्रकार महासंघ सप्तरीका कार्यबाहक सचिव डम्बर राईद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष रामनारायण विश्वासले गरे भने अर्का उपाध्यक्ष सुधा देवले धन्यवाद व्यक्त गरिन ।