नर्मदेव यादव
राजविराज,२१ बैशाख ।
मिटरव्याज विरुद्ध किसान मजदुर आन्दोलन जिल्ला कमाण्ड जिल्ला समिति सप्तरीले मिटर व्याज पीडितको समस्या समाधानको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा सोमबार ज्ञापनपत्र बुझाएका छन् । जिल्ला समितिको नेतृत्वमा विभिन्न माग राखी जिल्ला प्रशासन कार्यालयमा उनीहरुले ज्ञापनपत्र बुझाएको हो ।
विगतका सरकारहरुले पटकपटक माग पूरा गर्ने सहमति जनाएपनि कार्यान्वयन नगरेको भन्दै उनीहरुले बुझाएको ज्ञापनपत्रमा असन्तुष्टि व्यक्त गरिएको छ ।
माग पूरा गर्नुभन्दा थप पीडामाथि पीडा दिएको भन्दै आक्रोश व्यक्त गरिएको ज्ञापनपत्रमा शान्तिपूर्ण रुपमा सुनुवाइ नभए सशक्त आन्दोलन उत्रिने चेतावनी दिइएको छ ।
न्यायका लागि गरिने आन्दोलनबाट उत्पन्न हुने कुनैपनि अप्रिय परिस्थितिको जिम्मेवार स्वयंम सरकार र सम्बन्धित निकाय हुने भनी ध्यानाकर्षण गराइएको ज्ञापनपत्रमा धर्यतालाई कमजोरी नठानी अविलम्ब न्यायोचित ढंगले समस्या समाधानका लागि कार्य थालनी गर्न आग्रह समेत गरिएको छ ।